Nepal Life

माण्डु हाइड्रोपावरको नगद लाभांश घोषणा, भदौ ३० गतेसम्म शेयर किन्नेले १० प्रतिशत नगद पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 16:14
माण्डु हाइड्रोपावरको नगद लाभांश घोषणा, भदौ ३० गतेसम्म शेयर किन्नेले १० प्रतिशत नगद पाउने
Sanima Reliance

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले १२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस कम्पनीको बिहीबार (भदौ २०) गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । यता, कम्पनीले लाभांश प्रस्तावसहित आगामी असोज १४ गते साधारण सभा बोलाएको छ । 

NIMB

सभा नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, भदौ ३० गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न  र सभामा सहभागिता जनाउन सक्नेछन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया