Nepal Life

गरिबी निवारणका लागि लघुवित्त अपरिहार्य

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Fri 17:53
गरिबी निवारणका लागि लघुवित्त अपरिहार्य
Sanima Reliance

काठमाडौं । गरिबी निवारण तथा ग्रामिण अर्थतन्त्र विकासका लागि लघुवित्त अभियान अपरिहार्य भएको सरोकारावालाले बताएका छन् । पछिल्लो समय लघुवित्त खारेजीको नारा समेत लाग्न थालेको सन्दर्भमा उनीहरुले ग्रामिण अर्थतन्त्र विकास एवम् गरिबी निवारणका लागि लघुवित्तको विकल्प नै नभएको उनीहरुको भनाई छ ।

NIMB

लघुवित्तका पिता भनेर परिचित डा. हरिहर देव पन्तको नवौं स्मृति दिवसका अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमका वक्ताहरुले स्थानीयस्तरमा उत्पादन एवम् उद्यमशीलता वृद्धि, रोजगारी सिर्जना तथा जनताको आर्थिक उन्नतीका लागि लघुवित्त अपरिहार्य भएको बताएका हुन् ।

प्रतिनिधिसभाकी सांसद भगवती चौधरीले लघुवित्त क्षेत्रमा समस्या देखिएको भएपनि त्यसको समाधान सवै पक्ष मिलेर गर्न सकिने बताईन् । तर, आन्दोलनका नाममा लघुवित्त संस्थालाई मात्रै दोषी करार गर्न नमिल्ने उनको भनाई छ । ‘अहिले लघुवित्तमा समस्या देखिएको छ, यसको कारक संस्थादेखि ग्राहक र नियनमकारी निकायलगायत सबै हुन्, सवै जिम्मेवार भएका कारण मिलेर समस्या समाधान गर्नुपर्छ’ उनले भनिन्, ‘ग्रामिण अर्थतन्त्र विकासमा लघुवित्तको विकल्प छैन, यसले महिलाको आर्थिक सशक्तीकरणमा समेत महत्वपूर्ण योगदान गरिरहेको छ ।’

सांसद चौधरीले लघुवित्तको ऋण मिनाहा गरिदिने भन्दै ठगीधन्दासमेत हुन थालेको बताएकी छन् । ‘आन्दोलनमार्फत ऋण मिनाह गराईदिने भन्दै लघुवित्त ऋणीबाट एक हजार देखि ५ हजारसम्म उठाएको समेत सुनिएको छ’ उनले भनिन्, ‘त्यसैले नियमनकारी निकाय, लघुवित्त संस्था र ऋणी मिलेर समस्या समाधान गर्नुपर्छ  ।’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् माईक्रोफाईनान्स सुपरिवेक्षण विभाग प्रमुख विमलराज खनालले लघुवित्तको मर्मविपरितका कार्यहुँदा समस्या सिर्जना भएको बताए । ‘लघुवित्तको मर्मअनुसार काम भएन, एउटै व्यक्तिलाई धेरै संस्थाले कर्जा प्रवाह गरे, संस्थाहरुले पनि छिटो नाफा आर्जन गर्न खोजे, संस्थाहरु धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा समेत भयो’ उनले भने, ‘संस्था र ऋणी दुवैको नियतले समस्या ल्यायो, अहिले समाधान हुँदै गइरहेको छ ।’ उनले पछिल्लो समय लघुवित्तका कर्मचारी एवम् कार्यलयमा आक्रमण हुनेलगायत अवाञ्छीत क्रियाकलपा हुन थालेको भन्दै त्यसलाई रोक्नुपर्ने बताए ।

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष राम बहादुुर यादवले नेपालको ग्रामिण जनता र खासगरी महिलालाई आर्थिक क्षेत्रमा जोड्ने काम लघुवित्त क्षेत्रले गरेको बताए । लघुवित्तले ६० लाख जनतामा वित्तीय पहुँच पु¥याएको भन्दै गरिबी निवारणमा थप योगदानका लागि लघुवित्त सबल हुनुपर्ने बताए ।

बीमा प्राधिरकणका पूर्वअध्यक्ष फत्त बहादुर केसीले गरिबी अन्त्यका लागि लघुवित्त आवश्यक रहेको भन्दै यसको समस्या समाधानका लागि सञ्चालक तथा नियमनकारी निकायले समिक्षा र सुधार गर्नुपर्ने बताए ।

डा. हरिहर देव पन्त फाउण्डेशनका अध्यक्ष जनार्दन देव पन्तले २०४९मा ५० प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनी भएको र लघुवित्त अभियानले न्यूनीकरणमा महत्वपूर्ण योगदान  गरेको बताए । ‘देशमा अझै करीब २० प्रतिशत जनता गरिबीको रेखामुनी रहेका छन्, यो गरिबी निवारणको लागि लघुवित्त अपरिहार्य छ’ उनले भने ।  लघुवित्तको शुरुवात गरी आफ्नो जीवनभर गरिबी र वेरोजगार हटाउन लाग्नू भएका डा. हरिहरदेव पन्तका आधूरा कार्यहरु पुरा गर्ने कार्यमा आफूहरु निरन्तर प्रयासरत रहेको उनले बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्ष सुजन ओलीले  लघुवित्तले गरीबी निवारणमा महत्वपूर्ण भूमिका खेलेको भएपनि त्यसलाई  तथ्यांकीय उपलब्धीकारुपमा आँकलन गर्न चुक्दा लघुवित्तका विषयमा अनेक कुराहरु बाहिर आएको बताए । यद्यपी, समस्या आउनुमा संस्था, ऋणी र नियमनकारी निकाय जिम्मेवार रहेको उनले बताए ।

यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिएको छ ।

लघुवित्तका पिता भनेर सुपरिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजालले प्राप्त गरेका हुन् । स्वर्गीय पन्तको नवौं स्मृति दिवसका अवसरमा शुक्रवार आयोजित कार्यक्रममा डा. हरिहरदेव पन्त फाउन्डेशनका अध्यक्ष जनार्दन देव पन्तले रिजललाई सम्मानपत्र एवम् पुरस्कार राशीको चेक प्रदान गरे ।

देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो । डा. हरिहरदेव पन्त फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

देशको सर्वांगीण तथा आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकारिता जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमध्यम तथा लेखनमार्फत आम जनस्तरलाई सुसूचित गराउन खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै फाउन्डेसनले यो पुरस्कार प्रदान गर्दै आएको छ । रिजाल विगत डेढ दशकदेखि आर्थिक पत्रकारितामा सक्रिय छन् ।

उक्त अवसरमा ‘समृद्धिको मार्गमा २०८१’ नामक पूस्तक समेत विमोचन गरिएको छ । साथै लघूउद्यमको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने लघूउद्यमी मञ्जु श्रेष्ठ मानन्धरलाई “लघूउद्यमशील पूरस्कार”,  शैक्षिक सत्र सन् २०१९– २०२१ मा स्नातकोत्तर तहमा  उत्कृष्ट हुने मौद्रिक अर्थशास्त्रतर्फका  कपिल पोखरेल र ग्रामिण विकासतर्फकी प्रियंका केसीलाई शैक्षिक उत्कृष्टता पूरस्कार प्रदान गरिएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया