NIMB Header 2
Nepal Life

लाभांश वितरणको विशेष प्रस्तावसहित माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा

National Life
  • BFIS News
  • 2024 Sep 08 08:32
लाभांश वितरणको विशेष प्रस्तावसहित माण्डु हाइड्रोपावरले बोलायो साधारण सभा
Sanima Reliance

काठमाडौं । लाभांश वितरण गर्ने विशेष प्रस्तावसहित माण्डु हाइड्रोपावरले वार्षिक साधारण सभा डाकेको छ। १३ औं वार्षिक साधारण सभा असोज १४ गते काठमाडौंस्थित नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा बिहान १० बजे बस्ने गरी बोलाइएको हो।  

सभामा  आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

Shikhar
NIMB

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।   

यस्तै आव २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आव २०८०/८१ को लेखापरिक्षकको प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात र आव २०८०/८१ को आयव्यय विवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को कारोवारको हिसाब लेखापरिक्षण गर्नका निमित्त लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। सभामा कम्पनीको कायम चुक्तापूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने निर्णय समेत पारित हुनेछ।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया