Nepal Life

नविल बैंकले प्रधान कार्यालयको पार्किङ प्रयोजनमा रहेको एक रोपनी १० आना बिक्री गर्दै, कति पर्ला मूल्य ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 11:58
नविल बैंकले प्रधान कार्यालयको पार्किङ प्रयोजनमा रहेको एक रोपनी १० आना बिक्री गर्दै, कति पर्ला मूल्य ?
Sanima Reliance

काठमाडौं । नविल बैंकले हाल प्रधान कार्यालयको पार्किङ प्रयोजनमा रहेको एक रोपनी १० आना जग्गा बिक्री गर्ने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर तीन स्थिति तीन धारामा रहेको एक रोपनी ५ आना २ पैसा तीन दामको एउटा कित्ता र अर्को चार आना २ पैसाको कित्ता सहित कुल एक रोपनी १० आना तीन दाम जग्गा बोलकबोल मार्फत बिक्री प्रकृयाँ अगाडी बढाएको हो । 

बैंकको उक्त जग्गा खरिदका लागि आजको मितिबाट १५ दिन भित्रमा बोलकबोल पेश गर्नु पर्ने छ । दरवार मार्गमा यति धेरै जग्गालाई पार्किङ प्रयोजनमा उपयोग गर्नु भन्दा बिक्री गरेर अर्को स्थानमा कमर्सियल प्रयोजनका लागि जग्गा खरिद गर्ने रणनीतिमा बैंक लागेको हो । बैंकको उक्त जग्गा अहिले जे जस्तो अवस्थामा त्यस्तै अवस्थामा खरिद गर्नु पर्ने शर्त राखिएको छ । 

दरवार मार्गमा कुनै समयमा प्रति आना साढे २ करोड भन्दा माथिमा पनि कारोबार भएको थियो । नेपालमा सबैभन्दा महंगो जग्गा मध्ये दरवारमार्ग पनि एक हो । बैंकले कम्तिमा पनि डेड देखि २ करोडमा बिक्री गर्न सक्नेछ । अहिले घरजग्गामा मन्दी आएको हुँदा खासै महंगोमा बिक्री नभए पनि अहिले बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरु यस्तो जग्गा खरिदका लागि खोजिरहेका छन् । 

केहि समय अगाडी एनएमबी बैंकले नक्सालमा ज्योति समुहको ठुलो प्लट खरिद गरेको थियो । उक्त जग्गा प्रति आना एक करोड १५ भन्दा माथिमा खरिद बिक्री भएको थियो । बैंकले यस बाहेक कैलालीको धनगढीमा पनि १३८० वर्ग मिटर जग्गा बिक्रीका लागि राखेको छ । 

पछिल्ला दिनमा बैंकहरु सँग फिक्स एसेट बढ्दै जादा बिक्री गर्नु पर्ने बाध्यता बढ्दै गएको छ । सरकारले बैंक वित्तीय संस्थालाई पनि घरजग्गामा हदबन्दी तोकिदिएका कारण बाध्यात्मक रुपमा बिक्री गर्नु पर्ने अवस्था पनि छ । 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया