NIMB Header 2
Nepal Life

बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक अर्थ समितिबाट पारित, यस्ता छन् प्रावधान

National Life
  • BFIS News
  • 2024 Sep 09 15:59
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक अर्थ समितिबाट पारित, यस्ता छन् प्रावधान
Sanima Reliance

काठमाडौं । बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिबाट पारित भएको हो । आइतबार नै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने सहमति भएको थियो।

Shikhar
NIMB

समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ मा चेक अनादर प्रमाणित भएमा १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्म तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँको दुई वर्ष र १० करोडभन्दा माथि चार वर्ष कैद सजाय हुने सहमतिसँगै विधेयक पारित भएको बताए।

उनले समिति बैठकले चेक अनादरको मुद्दामा १० करोड रुपैयाँभन्दा माथिको बिगोमा दुई देखि चार वर्ष कैद सजाय थप गरिएको बताए। समितिमा सांसदहरूले ठूलो रकमको बिगो भएको मुद्दामा सजाय धेरै हुनुपर्ने माग पश्चात् १० करोडभन्दा माथि बिगोमा चार वर्ष कैद सजाय थप गरी विधेयक पारित भएको छ।

सभापति चालिसेले समितिले पारित गरेको विधेयक प्रतिनिधि सभामा पेस गर्न समय माग गर्ने निर्णय पनि समितिले गरेको जानकारी दिए। २०८० साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालीन अर्थमन्त्री अर्थमन्त्री डा. प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक सदनमा दर्ता गरेका थिए।

चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानुनी उपचारको अवस्था देखिएकाले यसलाई एकरूप बनाउनका लागि सरकारले विधेयक ल्याएको हो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया