NIMB Header 2
Nepal Life

सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस कार्यक्रम सम्पन्न

National Life
  • BFIS News
  • 2024 Sep 09 17:54
सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस कार्यक्रम सम्पन्न
Sanima Reliance


काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) सँगको सहकार्य तथा दक्षिण कोरिया सरकारको अर्थ तथा वित्त मन्त्रालयको सहयोगमा सातवटै प्रदेशमा डिजिटल फाइनान्सियल सर्भिसेस (डीएफएस) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  

Shikhar
NIMB

डिजिटल माध्यमबाट वित्तीय कारोबारको प्रयोग तिब्र गतिमा बढ्दै गरेको वर्तमान परिवेशमा बैंकका कर्मचारीको डिजिटल वित्तीय साक्षरता बढाउने उद्देश्यले आयोजित तालिम कार्यक्रममा वाणिज्य बैंकका ४०० भन्दा बढी बैंकिङ अधिकारीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको बुझाईमा थप विकास गर्ने,आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल वित्तीय सेवा प्रदान गर्नेे, ग्राहकको चेतनाको स्तर अभिबृद्धि गर्ने, डिजिटल माध्यमबाट वित्तीय समावेशीकरणलाई प्रोत्साहन गर्ने लगायतका बिषयमा  केन्द्रित थियो ।  

कार्यक्रमले डिजिटल भुक्तानी प्रणाली, भुक्तानी उपकरण,सीमापार डिजिटल कारोवार, बढ्दै गईरहेको साइबर ठगी र त्यससँग सम्बन्धित बढ्दो चुनौतीहरू जस्ता प्रमुख विषयहरू समेटेको थियो ।  

त्यसैगरी, सहभागीहरूलाई बैंकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग, त्यसका फाइदालगायत डिजिटल वित्तीय सेवाहरूका पछिल्ला घटनाक्रमहरूको व्यवहारिक पक्षको बारेमा जानकारी गराउँदै साइबर सुरक्षा कसरी बढाउन सकिन्छ भन्ने विषयमा पनि जानकारी गराइएको थियो । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया