NIMB Header 2
Prabhu Mahalaxmi

अचल सम्पत्ति लिई ओरेण्टल को-अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान

United Ajod
  • BFIS News
  • 2024 Sep 10 08:39
अचल सम्पत्ति लिई ओरेण्टल को-अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान
IME LIFE

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अचल सम्पत्ति लिई ओरेण्टल को–अपरेटिभको बचत फिर्ता लिन चाहनेलाई निवेदन दिन आह्वान गरेको छ ।

Nepal Life
NIMB

समस्याग्रस्त घोषित ओरेण्टल को–अपरेटिभ लिमिटेडको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीको लागि सहकारी ऐन, २०७४ को दफा १०५ बमोजिम यस समितिसमक्ष लेखि आएकोले बचत बराबरको अचल सम्पत्ति लिन चाहनेसँग आवेदन मागिएको सूचनामा उल्लेख छ ।

'उक्त सहकारी संस्थाको विभिन्न ऋणीहरूको नाममा भक्तपुर जिल्ला साबिक गुण्डु गाविसमा रहेका जग्गाहरूमध्येबाट यस कार्यालयमा मागदावी पेस गरेका मागदावी कर्ताहरूले आफ्नो बचत रकम बराबरको मूल्यको जग्गा स्वेच्छाले लिई मागदावी फिर्ता गर्न चाहेमा यो सूचना प्रकाशित भएको १५ दिनभित्र यस समितिको कार्यालय बुद्धनगर, काठमाडौंमा निवेदन पेस गर्नु हुन सरोकारवालाहरुको लागि यो सूचना प्रकाशित गरिएको छ', सूचनामा भनिएको छ ।

456121636_418048130852917_2988732320765625950_n

 

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया