Nepal Life

सानिमा रिलायन्स लाइफद्धारा पिछडिएका वर्गको साक्षरता अभिबृद्धिका लागि ५ लाख सहयोग प्रदान

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Tue 10:35
सानिमा रिलायन्स लाइफद्धारा पिछडिएका वर्गको साक्षरता अभिबृद्धिका लागि ५ लाख सहयोग प्रदान
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ सँग पिछडिएका वर्गको साक्षरता अभिबृद्धिका लागि सहकार्य गर्ने भएको छ । 

NIMB

कम्पनीले रोटरी सँग 'आधारभूत शिक्षा तथा साक्षरता' कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालने गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको हो । पिछडिएका बर्गको साक्षरता अभिबृद्धि गर्ने उद्देश्यले सहयोग गर्न दुई संस्था बीच भदौ २३ गते सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सहमतिपत्रमा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष रतन लाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को तर्फबाट अध्यक्ष राजेन्द्र मान शेरचनले हस्ताक्षर गरेका हुन् ।

सो कार्यक्रममा बीमा कम्पनीको तर्फबाट संचालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पधाधिकारीको उपस्थिती रहेको थियो ।

सहमति अनुसार सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले उक्त संस्थालाई रु ५ लाख रकम प्रदान गर्नेछ । उक्त रकम मध्ये रु २ लाख ५० हजार शौचालय निर्माणको लागि र बाँकि रकम संस्थाको बिभिन्न रोटरी क्लबहरु मार्फत देशका सामुदायिक तथा सार्वजनिक स्कूलहरुमा संचालन हुने TEACH कार्यक्रम अन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिने छ ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष केडियाले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकाशको विभिन्न क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताए । साथै आधारभूत शिक्षा तथा साक्षरता " कार्यक्रम मार्फत आधारभूत शिक्षा पनि नपाएका बर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गरे ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले १७० शाखा तथा उपशाखाहरु, ५० हजारभन्दा बढी अभिकर्ताहरु तथा १८ वटा योजनाहरु मार्फत जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ । हालसम्म ९ लाख पचास हजार भन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बीमा सेवा प्राप्त गरिसकेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया