NIMB Header 2
Nepal Life

सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न सञ्चय कोषलाई अर्थमन्त्री पौडेलको आग्रह

National Life
  • BFIS News
  • 2024 Sep 10 13:56
सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न सञ्चय कोषलाई अर्थमन्त्री पौडेलको आग्रह
Sanima Reliance

काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सञ्चयकर्तालाई आकर्षित पार्नेगरी काम गर्न कर्मचारी सञ्चय कोषलाई निर्देशन दिएका छन्। आज कर्मचारी सञ्चय कोषसँगको छलफलमा अर्थमन्त्री पौडेलले कोषले सञ्चयकर्तालाई नोक्सानीको आधारमा नभई उपलब्धिका आधारमा आकर्षित गर्नेगरी काम गर्न आग्रह गरे।

Shikhar
NIMB

उनले कोषको सबैभन्दा ठूलो आधार र भविष्य सञ्चयकर्ता भएको भन्दै कोषले सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी विश्वासलाई बलियो बनाउँदै लैजान आवश्यक रहेको जिकिर गरे।

‘‘सञ्चय कोषमा सञ्चयकर्ताहरुले कोषमाथि भरोसा गरेका हुन्छन्। कोषको सबैभन्दा ठूलो आधारमा र भविष्य भनेको सञ्चयकर्ताहरु नै हो। सञ्चयकर्ताहरुको विश्वास टुट्न नदिने गरी प्रतिदिन विश्वासलाई बलियो बनाउँदै जाने गरी कोषले काम गर्नुपर्छ। सञ्चय कोषप्रति सञ्चयकर्ताको विश्वास र भरोसा नटुटोस् भन्ने कुरामा ख्याल गर्नुहोला। कोषले सञ्चयकर्तालाई निपेक्ष रहने तहमा होइन। सञ्चयकर्तालाई आकर्षित गर्नुस्’’ उनले भने, ‘‘सञ्चयकर्तालाई आकर्षित गर्दा क्षति नोक्सानीको कोणबाट होइन। उपलब्धिको कोणबाट हेर्नुस्। तपाईहरुले सकेसम्म न्यून जनशक्तिबाट अधिकतम काम गर्नुस्। इफिसेन्ट जनशक्तिलाई लिएर काम गर्नुस्। तर नेपालमा रोजगारीको पनि आवश्यकता छ।’’

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया