Nepal Life

आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा असोज १८ मा, नगद लाभांश वितरणको प्रस्ताव पारित गरिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 08:07
आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा असोज १८ मा, नगद लाभांश वितरणको प्रस्ताव पारित गरिने
Sanima Reliance

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले साधारण सभा डाकेको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको नवौं वार्षिक साधारण सभा डाकेको हो ।  

NIMB

कम्पनीको उक्त सभा आगामी असोज १८ गते राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा  दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

सभामा आव २०८०/८१ सम्मको नाफाबाट कम्पनीको चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव पारित गरिनेछ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव  २०८०/८१ को कम्पनीको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात र २०८० साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र आव २०८१/८२ को वाह्य लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया