Nepal Life

अपर स्याङ्गे हाइड्रोपावर बोलायो साधारण सभा, बाँडिएको आर्थिक सहयोग रकम अनुमोदन गरिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 08:12
अपर स्याङ्गे हाइड्रोपावर बोलायो साधारण सभा, बाँडिएको आर्थिक सहयोग रकम अनुमोदन गरिने
Sanima Reliance

काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ २५ गते बसेको बैठकले आठौं वार्षिक साधारण सभा आह्वान गरेको हो।

NIMB

कम्पनीको साधारण सभा असोज २८ गते काठमाडौंमा बस्नेछ । कम्पनीको सभाले विशेष प्रस्तावका रूपमा आर्थिक वर्ष २०८०/८१ मा विभिन्न संस्था तथा व्यक्तिहरूलाई दिइएको आर्थिक सहयोग रकम अनुमोदन गर्नेछ।

साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया