Nepal Life

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 08:57
नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुई योजनाको लाभांश घोषणा
Sanima Reliance

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा गरिएको छ । नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल फ्लेक्सी फण्डको लाभांश घोषणा भएको हो।  

NIMB

नबिल इन्भेष्टमेन्ट बैंकिङको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले नबिल ब्यालेन्स्ड फण्ड २ का लागि ८ प्रतिशत र नबिल फ्लेक्सी फण्डका लागि ५ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो।

नबिल ब्यालेन्स्ड फण्डका लागि असोज ११ गते र नबिल फ्लेक्सी फण्डका लागि भदौ २६ गते बुक क्लोज गर्ने निर्णय पनि गरिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया