NIMB Header 2
Nepal Life

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो?

National Life
  • BFIS News
  • 2024 Sep 11 11:44
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज सुनले उच्च मूल्यले नयाँ रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

यसअघि गत भदौ २१ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार तीन रूपैयाँमा कारोबार भएको थियो।

Shikhar
NIMB

आज सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबारको तुलनामा भने बुधबार सुनको भाउ प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १५ रूपैयाँ बढेर प्रतितोला एक हजार ७८० रूपैयाँमा कारोबार भइरहेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया