NIMB Header 2
Nepal Life

दसैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने

National Life
  • BFIS News
  • 2024 Sep 11 13:32
दसैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि दसैंका लागि सुकिला नोट साट्ने भएको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, प्रदेशमा रहेका कार्यालय र बैंकहरूबाट सुकिला नोट साट्न सकिने जनाइएको छ।

१८ हजार पाँच सय रूपैयाँसम्मका सुकिला नोट साट्न पाइने भएको छ। ५, १०, २०, ५० र एक सय दरको एक/एक बण्डल नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Shikhar
NIMB

बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको हो । एकपटक प्रयोगमा आएका भए पनि सफा र नयाँ नोट जस्तै हुने राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले बताए।

राष्ट्र बैंकले खर्च कटौती गर्ने उद्देश्यले  यो वर्ष नयाँ नोट नछापेर सुकिला मात्रै वितरण गर्न लागेको हो। दसैंमा टिका लगाउने क्रममा रङ नलगाउन पनि र सजगता अपनाउन पनि बैंकले आग्रह गरेको छ।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया