ग्लोबल आइएमईको वेवसाइट सेवा शनिवार विहान अवरुद्ध हुने

  • BFIS News
  • 2023 Aug Fri 22:24
ग्लोबल आइएमईको वेवसाइट सेवा शनिवार विहान अवरुद्ध हुने

काठमाडौं । ग्लोबल आइएमई बैंकले भदौ २ गते शनिवार विहान ८ बजेदेखि ११ बजेसम्म वेवसाइट बन्द गर्ने भएको छ । यस अवधिमा वेवसाइट मार्फत हुन् बैंकिङ सेवा अवरुद्ध हुने बैंकले जानकारी गराएको छ ।

आधुनिक बैंकिङ प्रणाली मार्फत ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा प्रदान गरिरहेको ग्लोबल आइएमईले आकर्षक विशेषताका साथ नयाँ वेबसाइटको स्तरोन्नती गर्ने भएको छ । यसका लागि भोलि भदौ २ गते शनिवार विहान ८ बजेदेखि ११ बजेसम्म  बैंकको वेवसाइट  उपलब्ध नहुने बैंकले जनाएको छ । यस अवधिमा ग्राहकहरुहरुले बैंकको जानकारी बैंकको आधिकारिक सामाजिक साञ्जाल मार्फत प्राप्त गर्न समेत अनुरोध गरिएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया