Nepal Life

सगरमाथा लुम्बिनी 'सलिको'को गण्डकी प्रादेशिक कार्यालय उद्घाटन, बीमालेख बुझाएर बिक्री गर्न क्षेत्रीको आग्रह

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 14:37
सगरमाथा लुम्बिनी 'सलिको'को गण्डकी प्रादेशिक कार्यालय उद्घाटन, बीमालेख बुझाएर बिक्री गर्न क्षेत्रीको आग्रह
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ( सलिको)ले पोखराको अमरसिंह चोकमा गण्डकी प्रदेश कार्यालय उद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशब प्रसाद दाहालले संयुक्त रुपमा प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् ।

NIMB

उद्घाटन समारोहलाई संबोधन गर्दै प्राधिकरणको प्रदेश कार्यालय प्रमुख दाहालले सलिकोको व्यापार र दाबी भुक्तानी एकदमै राम्रो रहेको भन्दै कम्पनीलाई आफ्नो साख जोगाइ राख्न अनुरोध गरेका छन् । प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सम्पुर्ण कमाचारीलाई उच्च मनोबलका साथ इमान्दारी पुर्बक बीमालेख बुझाएर बिक्री गर्न कर्मचारीलाई आग्रह गरेका छन् । 

कार्यक्रममा निसा गण्डकीका बुद्दि प्रसाद अधिकारी, निसाका पुर्व संयोजक सुरेन्द्र बहादुर गोदार लगाएतले शुभकाना प्रदान गरेका थिए । उद्घाटन समारोहमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगाएत सम्पुर्ण कर्मचारीको उपस्थीती रहेको थियो । कम्पनीका नेशनल को-अटिनेटर  तथा सहायक महाप्रवन्धक कविराज पौडेलले कम्पनीको वारेमा जानकारी गराएका थिए भने प्रादेशिक कार्यालय प्रमुख विष्णु प्रसाद पौडेलले कार्यक्रम संचालन गरेका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया