Nepal Life

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो वीरगंजमा सेवा विस्तार

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 14:42
लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो वीरगंजमा सेवा विस्तार
Shikhar detail

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले पर्सा जिल्लाको वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

NIMB

बैंकको वीरगंज महानगरपालिका वडा न. ६ स्थित आदर्शनगर चोकमा रहेको शाखालाई सोही महानगरपालिकाको वडा न. ८ स्थित लिंक रोड (अघिल्लो शाखा स्थानबाट करिब १ के.मी. मिटर उत्तर-पूर्वतर्फ) मा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको शाखाका ग्राहकहरुले आदर्शनगरमा रहेको अर्को शाखा मार्फत सेवा लिन सकिने बैंकले जनाएको छ ।

स्थानान्तरण भए सँगै लक्ष्मी सन्‌राइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सन्राइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३२० एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैँकिङ्ग एजेन्ट रहेका छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया