NIMB Header 2
Nepal Life

हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?

National Life
  • BFIS News
  • 2024 Sep 12 09:21
हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन?
Sanima Reliance

काठमाडौं । हिमालयन बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले आजदेखि ४ लाख २८ हजार ५४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

इच्छुक खरिदकर्ताले काठमाडौंस्थित कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानून विभागमा आवश्यक कागजातसहित निवेदन पेश गर्नसक्नेछन्।  

Shikhar
NIMB

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। संस्थापक सेयरहरुको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।  

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया