Nepal Life

कामना सेवा विकास बैंकको लाभांश घोषणा, ७ प्रतिशत बोनस शेयर सहित ५ प्रतिशत नगद

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sat 06:54
कामना सेवा विकास बैंकको लाभांश घोषणा, ७ प्रतिशत बोनस शेयर सहित ५ प्रतिशत नगद
Sanima Reliance

काठमाडौं । कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश घोषणा गरेको छ । यस कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र कामनाको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ । 

NIMB

यस अघि बैंकले २०७८/७९ मा ४.६४ प्रतिशत लाभांश दिएको थियो । बैंकले विगतका वर्षको तुलनामा यस वर्ष लाभांश बढाएको छ । हाल बैंकको चुक्ता पूँजी ३ अर्ब २८ करोड रहेको छ । प्रस्तावित ७ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी तीन अर्ब ५१ करोड पुग्नेछ । 


शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया