Nepal Life

कविराज श्रेष्ठको जीवनमा कोभिड पछिको संकटको समाधान बन्यो नविल बैंकको विद्युतीय ट्याक्सी कर्जा

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sat 07:13
कविराज श्रेष्ठको जीवनमा कोभिड पछिको संकटको समाधान बन्यो नविल बैंकको विद्युतीय ट्याक्सी कर्जा
Sanima Reliance

काठमाडौं । कोभिड १९ र त्यस पछिको आर्थिक मन्दीबाट ४ वर्षसम्म वेरोजगार बनेका दोलखाका कविराज श्रेष्ठ पेशाले ट्याक्सी चालक हुन् । उनि मात्रै होइन उनको बुबा पनि यहि पेशामा थिए । कोभिड अगाडीसम्म उनको जीवन ठिक ठाक थियो । सरकारले कोभिड १९ नियन्त्रणका लागि गरेका कयौ लकडाउन र त्यस पछिको आर्थिक मन्दीले उनको जीवनमा ठुलो असर पुर्यायो । उनले आफु सँग भएको पेट्रोलबाट चल्ने मारुती सुजुकीको अल्टो पनि बेचिदिए । उनलाई पेट्रोलबाट चल्ने ट्याक्सी चलाउन मन लागेन ।

NIMB

यतिकैमा टाटा कम्पनीले विद्युतीय ट्याक्सी बजारमा ल्यायो । उनको ध्यान विद्युतीय ट्याक्सी तर्फ मोडियो । तर हातमा पैसा थिएन । बैंकहरुमा कर्जाका लागि कुरा गरे । नेपालमा विद्युतीय ट्याक्सी भर्खर भर्खर आएकाले बैंकहरु कसरी फाइनान्सिङ गर्ने भनेर अलमलमा थिए । नेपालको बैंकिङ क्षेत्रमा एक कदम अगाडी नविल बैंकले विद्युतीय ट्याक्सीमा २० प्रतिशत डाउन पेमेन्टमा ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्ने गर्ने प्रोडक्ट डिजाइन गर्यो ।

बैंकले विद्युतीय टि एक्प्रेस ट्याक्सीमा कर्जा उपलब्ध गराउन आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङसँग सम्झौता गर्यो । कर्जा उपलब्ध गराउदा ऋणी ट्याक्सी चालक हुनु पर्ने र उनको कम्तिमा पनि एक वर्षको ट्याक्सी चलाएको अनुभव हुनु पर्ने शर्त राखियो ।

श्रेष्ठलाई ढुङ्गा खोज्दा देउता मिलेझै भयो । नविल बैंकमा तत्काल सम्पर्क गरे । कर्जाको विषयमा सबै कुरा बुझे । उनले २० प्रतिशत डाउन पेमेन्ट गरेर २९ लाख ५० हजार कर्जा लिए ।

विद्युतीय ट्याक्सीको कुल लागतको २० प्रतिशत अर्थात ७ लाख ५० हजार डाउन पेमेन्ट साथै नम्बर प्लेट र पास खर्च बापत थप ६ लाख सहित साढे १३ लाख आफैले जुटाए । पहिला नै ट्याक्सी बिक्री गरेर बसेका श्रेष्ठलाई साढे १३ लाख जोहो गर्न कुनै समस्या परेन ।

उनि आफुले मात्रै ट्याक्सी किनेन् आफ्ना साथि भाइहरुलाई पनि पुरानो ट्याक्सी बिक्री गराएर विद्युतीय ट्याक्सी खरिदका लागि सहजिकरण पनि गरिदिने गरेका छन् । २० वर्ष भन्दा पुरानो ट्याक्सीलाई नष्ट गरेर सोही नम्बर प्लेटबाट विद्युतीय ट्याक्सी खरिद तथा बैंकिङमा उनले गरेको सहयोगबाट अहिले धेरै ट्याक्सी लाभांन्वित भएका छन् ।

काठमाडौं उपत्यकामा दैनिक १०० किलोमिटर गुडाउदा कम्तिमा पनि ५ हजार आम्दानी हुने उनि बताउछन् । उनि भन्छन् ‘हामी विहान ट्याक्सी लिएर बाहिर निष्किए पछि कम्तिमा पनि ५ हजार कमाउनु पर्छ भन्ने लक्ष्य राख्छौ । यसले गर्दा कहिले काही ७ हजारसम्म पनि आम्दानी गर्न सक्छौ । तर आम्दानी ठ्याक्कै यति नै हुन्छ भन्ने हुँदैन ।’

अहिले पठाओ तथा इन्ड्राइभबाट ट्याक्सी चलाउदा प्रति किलोमिटर ७०/८० रुपैयाँ आम्दानी हुन्छ । यसरी हुने आम्दानी लगभग सत प्रतिशत बच्ने श्रेष्ठ बताउछन् । एक पटक फुल चार्ज गर्दा करिव एक सयदेखि १८० रुपैयाँसम्म खर्च हुन्छ । यसरी दिनमा २०० रुपैयाँ भन्दा कम खर्चमा ५/७ हजार कमाइ हुने उनको अनुभव छ । यहि हिसावले विद्युतीय ट्याक्सी चालकले मासिक कम्तिमा एक लाखदेखि एक लाख ६०/७० हजार रुपैयाँसम्मको आम्दानी गर्छन् ।

नयाँ गाडी भएको हुँदा तीन वर्षसम्म कम्पनीले सर्भिस चार्ज लिदैन । गाडीमा केहि सामान फेर्नु पर्यो भने केहि खर्च लाग्छ अन्यथा अरु केहि पनि खर्च हुँदैन । कम्पनीले ५ वर्षसम्म गाडी र व्याट्रीको वारेन्टी दिएको हुँदा अवको ५ वर्षसम्म अन्य ठुलो खर्च हुने सम्भावना धेरै कम रहेकाले उनि एकदमै खुसी छन् ।

यस्तै पेट्रोल गाडी चलाउदा प्रतिलिटर १२ देखि १५ लिटर पेट्रोल लाग्छ । नयाँमा प्रतिलिटर १५ किलोमिटर गुड्छ भने पुरानो हुँदै जादा प्रति लिटर १२ किलोमिटर गुड्न पनि धौ धौ पर्छ । यहि हिसावले दैनिक सय किलोमिटर गुड्यो भने कम्तिमा पनि १२ सय रुपैयाँदेखि १५ सय रुपैयाँ खर्च हुन्छ । एक महिनाको हिसाव गर्ने हो भने पेट्रोल मात्रै ३५ हजारदेखि ४५ हजार रुपैयाँसम्म पर्छ । यस बाहेक मोबिल फर्ने, सर्भिस गर्ने र पार्टहरुमा हुने खर्च पनि त्यत्तीकै हुन्छ । यस्तो खर्च औषतमा ४/५ हजार हुने श्रेष्ठ बताउछन् । पेट्रोल ट्याक्सी चलाउदा ५० हजार भन्दा माथि खर्च हुन्छ ।

जवकी विद्युतीय गाडी चालकले लगभग मासिक ५२ हजार रुपैयाँ किस्ता तिर्नु पर्छ । अहिलेको अवस्थामा किस्ता तिरेर पनि मासिक एक लाख भन्दा धेरै आम्दानी हुने ट्याक्सी चालक श्रेष्ठ बताउछन् । विद्युतीय ट्याक्सीमा ३ वर्षसम्म कुनै पनि खर्च नआउने भएकाले यस अवधिमा दिनरात काम गर्दा ट्याक्सी चालकले औषतमा पनि ५० लाख भन्दा धेरै आम्दानी गर्ने देखिन्छ । यस अवधिमा ट्याक्सी चालकले आफ्नो सम्पुर्ण लागत उठाएर ट्याक्सी आफ्नो बनाइसक्ने छन् । त्यस पछि आउने खर्चले खासै नोक्सान नहुने श्रेष्ठको विश्लेषण छ । उनि भन्छन् ‘पेट्रोलको पैसा तिर्ने पैसाले बैंकको किस्ता तिर्न पुगिरहेको छ ।’

पेट्रोल ट्याक्सी खरिद गर्दा २० देखि २२ लाख खर्च हुन्थ्यो । तर अहिले सरकारले पेट्रोल ट्याक्सीलाई प्रतिबन्ध लगाइसकेको हुँदा अव नयाँ ट्याक्सी खरिद गर्दा विद्युतीय ट्याक्सी नै खरिद गर्नु पर्ने निमय छ । सरकारले २०८५ सालसम्ममा २० वर्ष पुराना सबै पेट्रोल ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा कन्भर्ट गरिसक्ने नीति लिएको छ ।

बैंकले पहिलो पटक यस्तो कर्जाको अवधि ७ वर्ष राखेकोमा अहिले ६ वर्षको किस्तामा झारेको छ । श्रेष्ठले ७ वर्षसम्ममा कर्जा चुक्ता हुने गरि मासिक रुपमा सावा व्याज सहित ५२ हजार रुपैयाँ बुझाउछन् । उनले अहिलेसम्म कुनै पनि महिनामा किस्ता तिर्न नसकेको अवस्था छैन । हरेक अंग्रेजी महिनाको २० तारिख भित्रमा किस्ता बुझाइसक्छन् ।

बैंकले कर्जा प्रवाह गर्दा चालकको ऋणी खाता खोलिदिएको हुन्छ । चालकले हरेक महिना यहि खातामा पैसा जम्मा गरिदिए पछि स्वचालित रुपमा उक्त रकम काटिन्छ । श्रेष्ठले दैनिक रुपमा हुने आम्दानीलाई बचत खातामा जम्मा गर्छन् र यहि रकमलाई मोबाइल बैंकिङ मार्फत ऋण खातामा ट्रान्सफर गरिदिन्छन् । यसले गर्दा उनलाई कर्जा भुक्तानीका लागि बैंकसम्म पुग्नै पर्दैन ।

नविल बैंकको यस्तो कर्जाले आफ्नो जीवनमा आमुल परिवर्तन ल्याएको उनले बताए । उनि भन्छन् ‘नविल बैंकले हामी जस्ता ट्याक्सी चालकलाई आफैले कर्जा लिएर आफ्नै ट्याक्सी चलाउने अवसर प्रदान गरेको छ । मैले ट्याक्सीबाटै आम्दानी गरेर घरको समेत किस्ता तिरिरहेको छु ।’

बैंकको गाडी कर्जाका सुविधाहरु

     प्रयोजन

   कर्जा रकम  

            कर्जा अवधि

    कर्जाका शर्तहरु

नयाँ सवारीसाधन (निजी)

ने.रु. ८० लाख सम्म                                          

७ वर्ष सम्म

मूल्य अभिवृद्धि कर विलको ५०% सम्म

नयाँ सवारीसाधन (व्यवसायिक)

ने.रु. ८० लाख सम्म

५ वर्ष सम्म

मूल्य अभिवृद्धि कर विलको ७०% सम्म कर्जा रकम खाम्ने गरी जग्गा र/वा भवनको  प्रतिकुल मूल्यको न्यूनतम ५०%

प्रयोग गरिएको सवारी साधन(निजी/व्यवसायिक)

ने.रु. ३० लाख सम्म

६ वर्ष तर सवारीसाधनको आयु ऋण समापन हुने मितिमा बढीमा सात वर्ष ननाघेको हुनुपर्नेछ ।

मूल्यांकन भएको समयमा सवारी साधनको मूल्यको ५०% सम्म

पुन कर्जा (समापन लाइन)

ने.रु. ३० लाख सम्म

बैंक तथा वित्तीय संस्थाले लिने बाकी अवधि (तर सवारी साधनको आयु दर्ता भएको मितिबाट वा ऋण समापन हुने मितिमा बढीमा सात वर्ष ननाघेको हुनुपर्नेछ ।)

मूल्यांकन भएको समयमा सवारी साधनको मूल्यको ५०% सम्म

EV

ने.रु. ८० लाख सम्म

७ वर्ष सम्म

मूल्य अभिवृद्धि कर विलको ८०% सम्म

अर्ध व्यवसायिक

ने.रु. ८० लाख सम्म

६ वर्ष सम्म

मूल्य अभिवृद्धि कर विलको ७०% सम्म

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया