Nepal Life

नेप्सेमा ५०.७३ अंकको गिरावट, सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 15:33
नेप्सेमा ५०.७३ अंकको गिरावट, सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार
Sanima Reliance

काठमाडौं । आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से ५०.७३ अंकले घटेर २६३७.७९ विन्दुमा झरेको छ।

यसदिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने वृद्धि भएको छ। बिहीबार ८ अर्ब १६ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन १० अर्ब ३३ करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा २ अर्ब १७ करोड रूपैयाँ वृद्धि भएको हो।

NIMB

आज ३२४ वटा धितोपत्रको दुई करोड ४८ लाख ४६ हजार ७८२ कित्ता सेयर किनबेच भएको हो।

आइतबार २५ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ वटाको घटेको छ, २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन चार हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ। रिभर फल्स पावर, हिमालयन हाइड्रोपावर र रावा इनर्जीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने इष्टर्न हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको छ।

यस्तै, थ्री स्टार हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ९३५ रूपैयाँ ६० पैसामा झरेको छ। ग्रिन लाइफ हाइड्रोपावरको मूल्य ९.४० प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य २६९ रूपैयाँ कायम भएको छ।

आइतबार सिइडिबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य दुई हजार ३५ रूपैयाँमा ६४ करोड ३८ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ९.१५ प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ९८० रूपैयाँमा ३५ करोड २८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.६८ प्रतिशतले घटेको छ भने दोस्रोमा वित्त समूहको परिसूचक ३.५३ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया