Nepal Life

३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन अनुमति माग्दै एभरेष्ट बैंकले दियो आवेदन

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 15:43
३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन अनुमति माग्दै एभरेष्ट बैंकले दियो आवेदन
Sanima Reliance

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  

NIMB

बैंकले  ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशनको माग गर्दै आवेदन दिएको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरका ३० लाख युनिट ऋणपत्र जारी गर्नेछ ।  

१० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ७.५० प्रतिशतका दरले ब्याज भुक्तानी हुनेछ । निष्काशन गरिने कुल ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया