Nepal Life

११ कम्पनीले दशैंअघि गर्दैछन् साधारण सभा, ६ ओटाको मात्रै लाभांश प्रस्ताव

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 05:00
११ कम्पनीले दशैंअघि गर्दैछन् साधारण सभा, ६ ओटाको मात्रै लाभांश प्रस्ताव
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ११ कम्पनीले दशैंअघि साधारणसभा आयोजना गर्ने भएका छन् । बरुण हाइड्रोपावर, ङादी ग्रुप पावर, माण्डु हाइड्रोपावर, बाराही हाइड्रोपावर, मोलुङ्ग हाइड्रोपावर, नेपाल ल्युब आयल, अप्पर स्याङ्गे, भगवती हाइड्रोपावर, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ओरियण्टल होटल्स र एभरेष्ट बैंकले दशैंअघि साधारण सभा आयोजना गर्न लागेका हुन् । यीमध्ये ६ कम्पनीले मात्रै गत आर्थिक वर्ष (आव)को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा लैजान लागेका छन् । 

NIMB

कुनले कति दिँदैछन् लाभांश ? 

माण्डु हाइड्रोपावरले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले असोज १४ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको नयाँ बजारस्थित नेपा ब्याक्वेटमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि भदौ ३१ गते बुक क्लोज गरेको छ । यस आधारमा आज (भदौ ३० गते)सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

त्यस्तै नेपाल ल्युब आयल लिमिटेडले असोज १८ गते साधारण सभा बोलाएको छ । कम्पनीले ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजे सभा शुरु गर्ने जानकारी दिएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले एफपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ४ देखि १८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा असोज २ गतेसम्म कायम शेयरधनीले साधारण सभा सहभागिता जनाउन र लाभांश पाउनयोग्य हुनेछन् । 

त्यसैगरी, भगवती हाइड्रोपावरले असोज १६ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौंको थापागाउँस्थित अर्पण ब्याक्वेटमा बिहान ११ बजे शुरु गर्ने जानकारी कम्पनीले दिएको छ । सभाले ४ प्रतिशत बोनस शेयर र करसहित १० दशमलव ७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्दैछ । 

दशैंअघि साधारण सभा गर्ने कम्पनीमध्ये सिईडिबी हाइड्रोपावरले असोज २१ गते सभा बोलाएको छ । सभा काठमाडौंको कालिमाटीस्थित कालिमाटी ब्याक्वेटमा बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ । सभाले ११ प्रतिशत बोनस शेयर (करबाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ७ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

ओरियण्टल होटल्स र एभरेष्ट बैंकले भने असोज २० मा साधारण सभा बोलाएका छन् । ओरियण्टल होटल्सको साधारण सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ बजे शुरु हुने भएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ७ देखि २० गतेसम्म बुक क्लोज गर्ने जनाएको छ । असोज ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुनेछन् । 

एभरेष्ट बैंकले आम्रपाली ब्याक्वेट, भाटभटेनीमा बिहान ११ बजे साधारण सभा गर्ने जनाएको छ । सभाले १० प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ८ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् । यस वर्षको फूलपाती असोज २४ गते परेको छ भने विजयादशमी असोज २६ गते परेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया