Nepal Life

सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 05:02
सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको अनुरोध
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सूचीकृत कम्पनीहरूलाई वार्षिक नवीकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

NIMB

कम्पनीले आइतवार एक सूचना प्रकाशित गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्थाअनुसार आर्थिक वर्ष २०८१/०८२ को धितोपत्र वार्षिक नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरूलाई आग्रह गरेको हो ।

सूचनाअनुसार नेप्सेमा सूचीकृत कम्पनीहरूले असोज मसान्तभित्र ग्लोबल आइएमई बैंक, कमलादीमा गई नेप्सेको आधिकारीक बैंक खातामा नवीकरण शुल्क बुझाउनु पर्नेछ ।

तोकिएको समयमा वार्षिक नवीकरण शुल्क नबुझाउने कम्पनीहरूलाई नेप्सेले वार्षिक नवीकरणमा १० प्रतिशतका दरले जरिवाना तोक्ने र सूचीकरण स्थगन गर्ने चेतावनी दिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया