Nepal Life

सिनर्जी पावरको हकप्रद शेयर आजदेखि, दुई कित्ता बराबर एक कित्ता भर्न पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 06:16
सिनर्जी पावरको हकप्रद शेयर आजदेखि, दुई कित्ता बराबर एक कित्ता भर्न पाउने
Sanima Reliance

काठमाडौं। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी  ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ बराबर १ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

NIMB

जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद  शेयर निष्कासन गर्नेछ । हकप्रद शेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २० करोड ९८ लाख रुपैयाँ पुग्नेछ ।

हकप्रद शेयर निष्कासन प्रयोजनको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । यस बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन् । हकप्रद विक्री प्रबन्धकमा सानिमा क्यापिटल छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया