Nepal Life

बोलकबोल प्रक्रियामार्फत १४ लाख ४६ हजार बढी कित्ता सेयर बिक्री गर्दै हिमालय उर्जा

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 08:27
बोलकबोल प्रक्रियामार्फत १४ लाख ४६ हजार बढी कित्ता सेयर बिक्री गर्दै हिमालय उर्जा
Sanima Reliance

काठमाडौं । हिमालय उर्जाले बोलकबोल प्रक्रियामार्फत सेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले आगामी असोज ७ गतेदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राख्न लागेको हो।

NIMB

कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१:१) अनुपातमा प्रतिकित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँट भएको थियो । बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।  

कम्पनीले असोज ७ गतेदेखि असोज १४ गतेसम्मका लागि उक्त सेयरहरुको बिक्री आवेदन खुलाउन लागेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकका शाखा कार्यालयहरु,विराटनगर, जनकपुर,भक्तपुर,पोखरा,कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।  

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया