NIMB Header 2
Nepal Life

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश, सभामुखको निर्देशन - आवश्यक कार्यार्थ सरकारलाई पठाइयोस्

Sagarmatha Lumbini
  • BFIS News
  • 2024 Sep 16 15:56
सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश, सभामुखको निर्देशन - आवश्यक कार्यार्थ सरकारलाई पठाइयोस्
IME LIFE

काठमाडौं। प्रतिनिधिसभाले सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदन सरकारलाई पठाएको छ। सोमबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेश गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कारबाहीका लागि सरकारलाई पठाउन संसद सविचालयलाई निर्देशन दिए।

Nepal Life
NIMB

सभामुख घिमिरेले समितिको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशनसमेत दिए। ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु,’ सभामुख घिमिरेले भने।

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्नका लागि भन्दै प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो ।

सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए। उनले छानबिन समितिमा रहेका पाँच पार्टीहरू एकैतिर फर्किएर छानबिन गरिएको बताए।

समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमूलक जानकारी र अन्तरक्रिया गरेको जानकारी उनले दिए। सहकारी ठगीका आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक तथा कर्मचारी समेत तीनजना र नियामक निकायका पाँचजना गरी जम्मा ५५ जनासँग सोधपुछ गरिएको थापाले बताए।

 

 

शेयर गर्नुहोस

United Ajod

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया