Nepal Life

न्यादी हाइड्रोपावर सेयरको लक-इन अवधि कात्तिक ४ मा सकिने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Tue 09:05
न्यादी हाइड्रोपावर सेयरको लक-इन अवधि कात्तिक ४ मा सकिने
Sanima Reliance

काठमाडौं । न्यादी हाइड्रोपावरको लक-इनमा रहेको सेयरको समयावधि आगामी कात्तिक ४ गते समाप्त हुन लागेको छ।

कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता संस्थापक सेयर, संस्थापक सेयरधनीका कर्मचारीका लागि गरीएको ३ लाख कित्ता, कम्पनीका कर्मचारीका लागि जारी गरिएको ४५ हजार कित्ता, अति प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरिएको ५ लाख कित्ता र प्रभावित क्षेत्रका  वासिन्दाका लागि जारी गरिएको १० लाख कित्ता गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको लक-इन अवधि सकिन लागेको हो।  

NIMB

कम्पनीले सर्वसाधारण तथा स्थानीय आयोजना प्रभावित क्षेत्रका बासिन्दा एवं संस्थापक तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरमध्ये स्थानीय बासिन्दा तथा संस्थापकका कर्मचारीहरुमा २०७८ भदौ १ गतेदेखि १५ गतेसम्म र सर्वसाधारणमा (कर्मचारीहरु समेत) २०७८ असोज १५ गतेदेखि १९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले उक्त साधारण सेयर २०७८ कात्तिक ५ गते अन्तिम बाँडफाँट गरेको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया