Nepal Life

शेयर धितो कर्जा १९.६८ प्रतिशतले बढ्यो : नविल सर्वाधिक अगाडी, कुन बैंकको व्याजदर कति ?   

Muktinath Bank
  • BFIS News
  • 2024 Sep Tue 09:27
शेयर धितो कर्जा १९.६८ प्रतिशतले बढ्यो : नविल सर्वाधिक अगाडी, कुन बैंकको व्याजदर कति ?   
RBB

काठमाडौं । बैंक वित्तीय संस्थाले एक वर्षमा १९.६८ प्रतिशतले शेयर धितोकर्जा विस्तार गरेका छन् । साउन मसान्तसम्ममा बैंक वित्तीय संस्थाले शेयरधितो राखेर ९१ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको साउनमा बैंकहरुले ७६ अर्ब ४० करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।

NIMB

नेपाल राष्ट्र बैंकका अनुसार लगानीकर्ताले १८० कार्यदिनको अन्तिम मूल्यको औषत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशतसम्म मात्र सेयर धितो कर्जाको सीमा कायम गर्न सकिनेछ ।

अर्थात १८० दिनको मूल्य मूल्यको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिन्छ । सेयरको बजार मूल्यमा हुने परिवर्तनको कारणले सेयर धितो सुरक्षणको मूल्यमा कमी आएमा थप धितोको लागि ऋणी वा ग्राहकलाई सूचित गर्नु पर्न राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ता बाहेकको हकमा यस्तो कर्जाको अधिकतम एकल ग्राहक कर्जा सिमा १५ करोड रहेको राष्ट्र बैंकले प्रष्ट पारेको छ । राष्ट्र बैंकले प्रष्ट सँगै धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताको हकमा भने सिमा नरहेको जनाएको छ ।

साउन महिनासम्ममा नविल बैंकले १० अर्ब ७१ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । बैंकले गत वर्षको तुलनामा यस वर्ष १०.६९ प्रतिशतले बृद्धि गरेको छ । नविल बैंकले लगानीकर्तालाई न्युनतम ८.८२ प्रतिशतदेखि १०.४२ प्रतिशतसम्म व्याज निर्धारण गरेको छ ।

त्यस्तै दोस्रो धेरै कर्जा प्रवाह ग्लोबल आइएमई बैंकले ८ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । गत वर्षको तुलनामा बैंकले २९.१८ प्रतिशतले कर्जा विस्तार गर्न सफल भएको छ । बैंकले लगानीकर्ताहरुलाई आकर्षक व्याजदर प्रदान गरेको छ । जहाँ ७.७७ प्रतिशतदेखि १०.२७ प्रतिशतसम्म व्याजदर रहेको छ । अन्य बैंकको तुलनामा कम व्याजदर भएकै कारण बैंकको शेयर धितोकर्जामा लगानीकर्ताको आकर्षण देखिएको हो ।

तेस्रो नम्बरमा रहेको नेपाल बैंकले ६ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । आकर्षक स्किमका साथ सेयर धितोकर्जामा आक्रामक नेपाल बैंकले यस वर्ष ६९.०५ प्रतिशतले कर्जा विस्तार गरेको छ । बैंकले ७.५४ प्रतिशतदेखि १२.५४ प्रतिशतसम्म निर्धारण गरेको छ । बैंकले तल्लो रेञ्जको व्याजदरमा लगानीकर्ता आकर्षित भएका हुन् ।

अन्य क्षेत्रमा कर्जा ठप्प हुँदा एनआइसी एशिया बैंक पनि यस वर्ष शेयरधितोकर्जामा आकर्षकम देखिएको छ । बैंकले गत वर्षको तुलनामा यस वर्ष २४३ प्रतिशतले बढाउदै तीन अर्ब ४९ करोड प्रवाह गरेको छ । सेयर धितो कर्जामा फाइनान्स पनि आक्रामक देखिएका छन् । यस वर्ष बजार बढ्दो क्रममा रहेको छ । बजार बढ्दो क्रममा रहदा पनि तुलनामा रुपमा खासै धेरै कर्जा भने गएको पाइएन । १९ प्रतिशतले विस्तार हुँदा एक वर्षमा शेयर बजारमा थप १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

हेर्नुहोस् कुन बैंकको कर्जा प्रवाह कति साथै व्याजदर पनि

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया