जलन कोषमा कृषि विकास बैंकको क्युआर मार्फत सहयोग गर्न सकिने

  • BFIS News
  • 2023 Aug Sun 20:29
जलन कोषमा कृषि विकास बैंकको क्युआर मार्फत सहयोग गर्न सकिने

काठमाडौं । जलन उपचार कोषमा कृषि विकास बैंकको क्युआर मार्फत सहयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । संघिय ब्यवस्थापिका संसद सदस्य माननीय डा. चन्द्र कान्त भण्डारी र बरिष्ठ कलाकारद्धय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको सरक्षकत्वमा स्थापना गरिएको जलन उपचार कोषको खाता सञ्चालनमा ल्याइएको छ ।

जन स्वास्थ्य सरोकार ट्रष्ट नेपालद्धार संचालित अस्पतालहरुमा असहाय, बेवारिसे र न्युन आर्थिक स्तर भएका जनलका बिरामीहरुलाई किर्तिपुर नगरपालिकाको सहकार्यमा उक्त कोष स्थापना गरिएको हो । संसद भण्डारी सिलिण्डर विष्फोट हुँदा सख्त घाइते भएका थिए । शरिरको अधिकाम्स भाग जलेपछि उनलाई उपचारका लागि भारतमा लगिएको थियो । भण्डारीले जलनमा पर्ने विरामीहरुको उपचार नेपालमै हुनु पर्ने भन्दै अत्याधुनिक अस्पतालको स्थापना गर्नु पर्ने माग राख्दै आएका छन् । उनले आफ्नो उपचारका क्रममा संकलन भएको रकम यहि कोषमा जम्मा गर्ने घोषणा गरेका थिए । 

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया