NIMB Header 2
Nepal Life

साहस उर्जाले लाभांश वितरणसँगै हकप्रद सेयर जारी गर्ने

Muktinath Bank
  • BFIS News
  • 2024 Sep 18 12:13
साहस उर्जाले लाभांश वितरणसँगै हकप्रद सेयर जारी गर्ने
Everest Bank

काठमाडौं। साहस उर्जाले लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लागि ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ८.८२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  

Shikhar
NIMB

यस्तै बैठकले १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णयसमेत गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।  

कम्पनीले लाभांश र हकप्रदको अजेण्डा पारित गर्न आगामी कात्तिक ४ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीले एकैपटक ४ वटा आवको साधारण सभा आयोजना गर्ने भएको हो। सभाहरु काठमाडौंको बबरमहलमा रहेको कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ।  

सभामा लाभांश र शतप्रतिशत हकप्रद निष्कासनको विशेष प्रस्ताव पारित हुनुका साथै परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने, कम्पनीको १० अर्ब पुग्ने अधिकृत पूँजीलाई प्रतिसेयर रु.१०० का दरले १० करोड थान साधारण सेयरमा विभाजन गर्ने र ७ अर्ब ५६ करोड पुग्ने जारी पूँजीलाई प्रतिसेयर रु.१००का दरले ७ करोड ५६ लाख थान साधारण सेयरमा विभाजन गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ।  

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरण र आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुनेछ।

कम्पनीले आगामी असोज १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया