Nepal Life

मारवाडी समुदायले अर्थतन्त्र तहस नहस बनाएको अभिव्यक्तिलाई लिएर उद्योग संगठन मोरङको आपत्ती

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Sun 20:46
मारवाडी समुदायले अर्थतन्त्र तहस नहस बनाएको अभिव्यक्तिलाई लिएर उद्योग संगठन मोरङको आपत्ती
Sanima Reliance

काठमाडौं । केहि व्यक्तिहरुले सञ्चार माध्यम मार्फत मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहस नहस बनाएको भन्ने जस्ता गैर जिम्मेवारपूर्ण र समाजमा द्धैष फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउनेगरि दिइएको अभिब्यक्तीलाई लिएर उद्योग संगठन मोरङले गम्भिर आपत्ती जनाएको छ ।

NIMB

मेडिकल व्यवसायी दुर्गा प्रसाईले मारवाडी समुदायले अर्थतन्त्र तहसनहस बनाएको भन्ने आरोप लगाएका थिए। उनि पछिल्लो समय अराजक रुपमा प्रस्तुत हुँदै आएका छन् । कहिले ऋण नतिर्ने अभियान त कहिले बैंक वित्तीय संस्था प्रतिको विश्वास गुमाउने गरि अभिव्यक्ति दिदै आएका छन् । 

नेपालको संविधान २०७२ ले सम्पूर्ण नेपाली नागरिकलाई स्वतन्त्ररुपमा बाँच्ने तथा उद्योग व्यवसाय गर्न पाउने अधिकारलाई मौलिक हकका रुपमा स्थापित गरेको संगठनको भनाइ छ । संविधानले सबै नागरिकलाई समानरुपमा व्यवहार गरेको भएतापनि पछिल्ला दिनहरुमा मूलुकको बिग्रदो आर्थिक अवस्थालाई लिएर निश्चित वर्ग र समूदायलाई लक्षित गरि अपमानजनक र अमर्यादित टिकाटिप्पणी प्रति संगठनले गम्भिर ध्यानाकर्षण गराएको हो ।

सदियौंदेखि मुलुकको आर्थिक एवं सामाजिक विकासमा अतुलनिय योगदान गर्दै आएका मारवाडी समुदाय लाई लक्षित गरि मारवाडी समुदायले नेपालको अर्थतन्त्र तहस नहस बनाएको भन्ने जस्ता गैर जिम्मेवारपूर्ण र समाजमा द्धैष फैलाउने, सामाजिक सद्भावमा खलल पुर्याउनेगरि सञ्चार माध्यमहरु मार्फत लगातार कोहि व्यक्तीले अभिब्यक्ती दिइरहदा समेत राज्यले यस्तो कृयाकलाप रोक्न कुनै पहल नगर्नु अत्यन्त दुःखद र खेद्जनक रहेको संगठनको भनाइ छ ।

मुलुकको अर्थतन्त्र अत्यन्तै गम्भिर अवस्थामा रहेको पछिल्लो समयमा राज्यका सबै निकाय, राजनीतिक दल, नीजि क्षेत्र तथा आम सर्वसाधारण सबैजना आर्थिक अवस्था सूधारका लागी सामूहिक प्रयास तथा आर्थिक एवंम औद्योगिक व्यवसायिक विकासका लागी एक ढिक्काभई लाग्नु पर्नेमा कुनै समुदाय बिषेशलाई लक्षित गरि दोषारोपण गर्नाले औद्योगिक व्यवसायिक वातावरण मात्र होइन सामाजिक सद्भावमा समेत गम्भिर खलल पुग्ने देखिएको संगठनले जनाएको छ । 

गलत कार्य गर्ने जो कोहि, जुनसुकै समूदाय वा वर्गको भएता पनि दण्डित हुनु पर्दछ तर कोहि कसैले गलत गर्यो भनेर अनुमान गरेको भरमा पुरै समूदायलाई लक्षित गरि भइरहेको गलत अभिव्यक्ती र द्धैषभाव फैलाउने कार्यलाई तत्काल कानुनी कारबाहिको दायरामा ल्याई निरुत्साहित गर्न नेपाल सरकार समक्ष संगठनले अनुरोध गरेको छ ।

हाम्रो समाचार मन परेमा बाँकी समाचारका लागि फेसबुक पेजमा लाइक र फलो गर्न यहाँ क्लिक गर्नुहोस्

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया