Nepal Life

सर्वोत्तम सिमेन्टको 'लक-इन' अवधि समाप्त

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 09:41
सर्वोत्तम सिमेन्टको 'लक-इन' अवधि समाप्त
Sanima Reliance

काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको २४ लाख कित्ता सेयरको लक इन अवधि असोज ५ गते समाप्त भएको हो ।  

कम्पनीले आमसर्वसाधारण्का लागि निष्कासन गरेको आइओ २०८० फागुन २५ गते बाँडफाँट गरेको थियो । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको सेयरको १ लाख ५४ हजार २२७ कित्ता सेयरको लक इन अवधि भने गत भदौ २५ गते समाप्त भएको थियो ।

NIMB

कम्पनीले जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने कुल ६० लाख कित्ता साधारण सेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँड गरेको थियो । यस्तै कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न छुट्टाएको  सेयरमध्येको ५ प्रतिशत अर्थात १ लाख ५४ हजार २२७ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको थियो ।  

 

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया