Nepal Life

राष्ट्र बैंकमा जागिर खान आवेदन दिनु भएको छ?, आवश्यक विवरण सबै पेश गर्नुभएको छ-छैन चेक गर्नुस् है!

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 09:46
राष्ट्र बैंकमा जागिर खान आवेदन दिनु भएको छ?, आवश्यक विवरण सबै पेश गर्नुभएको छ-छैन चेक गर्नुस् है!
Sanima Reliance

काठमाडौं । राष्ट्र बैंकको विज्ञापनमा आवेदन दिएकामध्ये १२४२ जनाको कागजात अपुग रहेको पाइएको छ । राष्ट्र बैंकले अनलाइनमार्फत दरखास्त फाराम भरेकाहरूको कागजात अपुग रहेको जनाउँदै थप कागजात पेस गर्न र विवरण सच्याउन आग्रह गरेको छ ।

विवरण गलत हुनेमा सहायक निर्देशक पदका ३३५, सहायक प्रशासन पदका ६६३ र सहायक सूचना प्रविधि पदका २२४ जना रहेका छन् ।

NIMB

विवरण गलत भएका, कागजात अपुग रहेका उम्मेदवारले आफ्नो अनलाइन पोर्टल लगइन गरी त्यहाँ उल्लेख भएअनुसार विवरण पेस गर्नुपर्नेछ, विवरण असोज १० गतेभित्र पेस गरिसक्नुपर्नेछ ।

राष्ट्र बैंकले गत साउन ३२ गते सूचना प्रकाशित गरी रिक्त रहेका सहायक निर्देशक (अधिकृत तृतीय) ३४ जना, सहायक (प्रशासन) १३ जना र सहायक (सूचना प्रविधि) ५ गरी कुल ५२ जना पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया