Nepal Life

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्दै

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 11:49
बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ तान्दै
Sanima Reliance

काठमाडौं । नयाँ कर्जा प्रवाह हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता देखिदै आएको छ । अधिक तरलता पश्चात व्याजदरलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ ।

NIMB

आज आइतबार असोज ६ गते उक्त निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने भएको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो ।

साँवा र ब्याज भुक्तानी मिति असोज २० गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ । हालको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । 

बैंकहरुले कर्जाको प्रायाप्त माग नभए पछि निक्षेपको व्याजदर घटाइरहेका छन् । यहि हिसावले बजारमा तरलता थुप्रिदै जाने हो भने आगामी महिनामा बैंकहरुले अझ धेरै व्याजदर घटाउनु पर्ने दवाव सिर्जना हुनेछ । व्याजदर धेरै घट्नुलाई पनि राम्रो मानिदैन । सामान्यतया निक्षेपको व्याजदर मूल्यबृद्धिदर भन्दा माथि हुनु पर्ने मान्यता रहेको हुन्छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया