Nepal Life

शेयर बजारका खेलाडी बाहिरिदा ब्रोकर र ट्रेडरमै सिमित, सरकार परिवर्तनको हल्ला चलाएर बाहिरिएकाहरु पर्ख र हेरको अवस्थामा  

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 15:04
शेयर बजारका खेलाडी बाहिरिदा ब्रोकर र ट्रेडरमै सिमित, सरकार परिवर्तनको हल्ला चलाएर बाहिरिएकाहरु पर्ख र हेरको अवस्थामा  
Sanima Reliance

काठमाडौं । शेयर बजारका ठुला खेलाडी बाहिरिदा कारोबार रकम ह्वात्तै घटेको छ । दैनिक ३० अर्ब कारोबार हुने शेयर बजारमा अहिले ५/६ अर्बमै सिमित हुन थालेको छ । नेप्से सूचक ३ हजारको हाराहारीमा बिक्री गरेर बसेका खेलाडीहरु अझै पनि बजार प्रवेश गरेका छैनन् ।

NIMB

सरकार परिवर्तनको हौवा फैलाएर बिक्री गर्न भ्याएका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको शेयर लगानीकर्ता संघका कार्यवहाक अध्यक्ष ताराफुलको विश्लेण छ । बजार स्थिर भएर बढ्न सुरु हुन्छ भन्ने थाहा हुँदा हुँदै बिक्री गर्ने लगानीकर्ताका कारण पनि पेनिक सेल भएको उनि बताउछन् । यस अवधिमा बिक्री गर्नेले गरिसकेको हुँदा भोलुम ड्राइ भएको फुलेले बताए ।

अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आउन थालेको चर्चा हुँदा प्रवेश गरेका ठुला लगानीकर्ताले एक हजारको सुधार भए पछि बिक्री गर्न भ्याएका थिए । अर्थमन्त्री पौडेललाई देखाएर बढ्न सुरु भएको शेयर बजार अन्तत केपि शर्मा ओलीको सरकार ढल्न लागेको हल्ला चलाएर तिनै लगानीकर्ताले बिक्री गरे । यस अवधिमा ब्रोकरको लिमिटमा इन्जोय गरेका लगानीकर्ताहरुले पनि पेनिक सेल गरेका थिए ।

ब्रोकरले बजार बढुन्जेल सिमा भन्दा बाहिरको कोल्याट्रल दिएर सक्दो कारोबार गराएका थिए । पछि बजार घट्न सुरु भए सँगै ति नै ब्रोकरले लिमिट सून्य बनाएर खरिद गर्न नपाउने बनाइदिए । यस सँगै क्षमता भन्दा बढि शेयर किनेर बसेका लगानीकर्ताहरुले पनि हिसाव सल्टाउन बिक्री गरेका थिए । ब्रोकरको कारोबार पुर्ण रुपमा सकिदा पनि लगानीकर्ताहरु भने अझै डराइरहेको फुलेल बताउछन् ।

शेयर बजार तल्लो विन्दुमा रहेकाले कसैले पनि शेयर घटाएर बिक्री गर्न नखोज्दा कारोबार रकम बढ्न नसकेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउछन् । प्रथम त्रैमाशिक अवधिको अन्तिम महिना र चाडवाडको सेलिङ प्रेसर आउने आशंकाले पनि लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको ढकालको विश्लेषण छ । बजार अझै केहि समय बढ्दैन भने किन १५/२० दिन अगाडी किनेर बस्नु भन्ने मनोविज्ञानले पनि लगानीकर्ता हच्किएको उनि बताउछन् । उनले भने 'जसले हिजोका दिनमा बिक्री गरेर बसेका थिए उनिहरु सकेसम्म तल्लो विन्दुमै किनौ भन्ने दाउमा छन् भने अर्को तर्फ बजार १५/२० दिन पछि बढ्न थालिहाल्स किन बिक्री गर्नु भनेर बस्ने लगानीकर्ता छन् ।'

बजार घटाउन खोज्दा पनि बिक्री गर्नले बिक्री गर्न नमानेका कारण बजार पनि खासै ठुलो अंकले घट्न सकेको छैन । साथै बजार अझै केहि समय सुधार हुँदैन भन्ने अनुमानले गर्दा बढ्न सकेको छैन । अहिले शेयर किन्नेले अवको एक दुई महिनामा राम्रो कमाउने ढकालको विश्लेषण छ । उनले भने 'अहिलेको दरमा आगामी एक महिना पछि शेयर किन्न पाइदैन ।' उनले थपे 'अहिले बायरहरु धेरै स्मार्ट भइसके । जो घट्दो बजारको बटम कुरिरहेका छन् । साथै बढ्दो गतिको सुरुवाति कदम कुरेर बसिरहेका छन् ।' जसले बजारको नकारात्मक संकेत थाहा पाउने वित्तीकै झ्यापझुप बिक्री गरेर बसेको उनको विश्लेषण छ । बजारमा नकारात्मक हल्ला फैलाउन सबैभन्दा धेरै मलजल पनि यिनै लगानीकर्ताले गरेका फुलेल बताउछन् । बजार अन्तत्वगत्वा बढ्ने नै भएकाले घाटै हुँदा पनि कतिपय लगानीकर्ता धैर्य गरेर बसिरहेका विश्लेषकहरु बताउछन् ।

बजारलाई सपोर्ट गर्ने धेरै फ्याक्टरको विकास भइरहेको छ । तर पनि बजारले गति लिन सकेको छैन । यस अगाडी पनि बजार बढ्ने यथेष्ट कारण हुँदा हुँदै पनि बढ्नका लागि विष्णु पौडेल नै अर्थमन्त्री हुनु पर्यो । अवका दिनमा पनि बजारले सुधारको एउटा मुभमेन्ट कुरेर बसिरहेको छ । जुन मुभमेन्टले बजार सुधार गराएको पत्तै हुँदैन । जतिवेलासम्ममा बजारले एक तहको गति तय गरिसकेको हुनेछ । यो हरेक बुल तथा सुधारको प्रारम्भिक मुभमेन्ट हो ।

नेपाली शेयर बजारको अर्को विशेषता बजार जव बढ्न सुरु गर्छ अझ बढेर उच्चतम विन्दुमा पुग्न थाल्छ त्यस पछि सामान्य लगानीकर्ताहरु प्रवेश गर्न थाल्छन् । उनिहरुको प्रवेश गरेको एक मात्रै कारण अरुले कमाएको देखेर हो । जतिवेला स्मार्ट लगानीकर्ताहरु बिक्री गरेर बाहिरिसकेका हुन्छन् ।

आइतबार नेप्से सूचक ११.५८ अंकले सुधार हुँदा ५ अर्ब ९ करोडको कारोबार भयो । १३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ९४ वटाको भने घट्यो । आज विकास बैंकको शेयरमा सर्वाधिक धेरै सुधार भयो । फाइनान्स, होटल, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधनमुलक कम्पनी, म्युचुअल फण्डमा भने गिरावट देखियो । बाँकी सबै सूचक सुधार भएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया