Nepal Life

'सामाजिक सञ्जालको विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्नुस्'

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 14:30
'सामाजिक सञ्जालको विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्नुस्'
Sanima Reliance

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सामाजिक सञ्जालको विश्लेषण हेरेर सेयर बजारमा लगानी नगर्न अनुरोध गरेको छ ।

सोमबार सूचना जारी गर्दै नेप्सेले आधिकारिक विश्लेषक कोही नभएकाले सामाजिक सञ्जाल हेरेर लगानी नगर्न अनुरोध गरेको हो । नेप्सेले नेपालमा कुनै पनि निकायबाट कोही पनि बजार विश्लेषकको रूपमा दर्ता नभएको बताएको छ ।

NIMB

फेसबुक, ट्विटर, युट्युबलगायतका सामाजिक सञ्जालमा आउने विश्लेषणले लगानी जोखिममा पर्नसक्ने भन्दै नेप्सेले लगानीकर्तालाई सचेत गराएको छ । नेप्सेले सूचनामार्फत लगानीकर्ताहरूलाई यथार्थ बुझेर मात्र लगानी सम्बन्धी निर्णय गर्न आग्रह पनि गरेको छ ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया