Nepal Life

भदौमा ७२ अर्बले निक्षेप थपिदा साढे ५२ अर्ब कर्जा लगानी, सिडि रेसियो थप बढ्दा व्याजदर अझै घट्न सक्ने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Mon 22:18
भदौमा ७२ अर्बले निक्षेप थपिदा साढे ५२ अर्ब कर्जा लगानी, सिडि रेसियो थप बढ्दा व्याजदर अझै घट्न सक्ने
National Life

काठमाडौं । भदौ एक महिनामा बाणिज्य बैंहरुले ७२ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गर्दा साढे ५२ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । 

NIMB

व्यापारीहरुले दशै तिहार तथा चाडवाडका लागि सामान आयातका लागि खोलेको एलसीका कारण पनि कर्जा प्रवाह धेरै देखिएको बैंकहरुले जनाएका छन् । यसका अलावा बैंकमा अहिले खासै कर्जाको माग छैन । दशै तिहारमा व्यवसायीहरुले सामान बिक्री गरेर उठाउने भएकाले यदि नयाँ क्षेत्रका लागि कर्जाको माग हुन नसकेमा बैंकहरुमा थप तरलता बढ्ने बैंकरहरु बताउछन् । 

अहिले जति पनि कर्जा प्रभाव भएको छ त्यो सबै नेपाल राष्ट्र बैंकले दिएको सुविधा अन्तर्गत रहेर रिफाइनान्सले बढिरहेको छ । हिजोका दिनमा १० करोड कर्जा लिनेको रि-फाइनान्स गर्दा गर्दा १२ करोड भन्दा माथि नाघिसकेको छ । यसले बैंकको कर्जा प्रभाव धेरै देखाए पनि भोलि गएर ऋणीहरुको कर्जा भुक्तानी गर्ने क्षमता भन्दा बाहिर जानेछ । 

सिजन र समयका हिसाबले पनि दसैंतिहारपछि सामान्यतयः कर्जाको माग बढ्ने गर्छ । उद्यमी, व्यवसायीले पनि दसैंतिहारपछि कर्जाको माग बढी गर्ने केही बैंकरहरुको भनाई छ । यद्यपि, अहिलेसम्म भने उपभोग्य कर्जाको माग बढे पनि उत्पादनशील तथा निर्माणको क्षेत्रमा कर्जाको माग खासै बढेको छैन । 

उपभोग्य कर्जाको माग बढे पनि उत्पादनशील तथा निर्माणको क्षेत्रमा कर्जाको माग नबढेकाले अहिलेको कर्जा विस्तारलाई टिकाउ मान्न नसकिने बैंकरहरु बताउछन् । भदौ महिनामा कर्जा प्रवाह बढे पनि असोज लागेपछि कर्जा प्रवाह पुनः घटेको उनिहरु बताउछन् । 

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउनुका साथै घरजग्गा, सेयर, गाडीलगायत क्षेत्रमा कर्जा प्रवाहको नीतिमा पुनरावलोकन गरिसकेको छ । बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् । तैपनि कर्जा प्रवाह अपेक्षाकृत बढ्न सकेको छैन । अर्थतन्त्र सुस्त छ ।

 निजी क्षेत्रसँग पनि ठूलो कर्जा लिएर लगानी गरिहाल्ने मनोविज्ञान अझै वृद्धि हुन सकेको छैन । भदौ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ५७ खर्ब ८८ अर्ब निक्षेप संकलन गरेका छन् भने ४६ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.९४ प्रतिशत छ । 

कर्जा प्रवाहमा ग्लोबल आइएमई बैंक अगाडि 

भदौ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४६ खर्ब २५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यता, भदौ महिनामा मात्रै २० वाणिज्य बैंकले ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकले ४५ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यसअवधिमा सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । भदौ मसान्तसम्म आइपुग्दा यस बैंकले ३ खर्ब ९६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यता, ग्लोबल आइएमई बैंकको  १ महिनामा कर्जा प्रवाह ९ अर्ब ६३ करोड रुपैयाँले बढेको छ । त्यस्तै, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको कर्जा प्रवाह पनि ३ अर्बभन्दा धेरै छ ।

सबैभन्दा कम कर्जा प्रवाह गर्नेमा स्टान्डर्ड चार्टर्ड बैंक रहेको छ । यसअवधिसम्म यस बैंकले ९० अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ । १ महिनाको अवधिमा १४ बैंकको कर्जा लगानी बढेको छ भने ६ बैंकको घटेको छ । 

 निक्षेप संकलनमा पनि ग्लोबल आइएमई बैंक नै अघि

भदौ मसान्त सम्ममा सबैभन्दा धेरै निक्षेप ग्लोबल आइएमई बैंकले संकलन गरेको छ । यसअवधिमा यस बैंकले ५ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा र राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन ४ खर्बभन्दा धेरै छ । सबैभन्दा कम निक्षेप संकलन गर्नेमा पनि स्टान्डर्ड चार्टर्ड बैंक नै रहेको छ । १ महिनाको अवधिमा १३ बैंकको निक्षेप संकलन बढेको छ भने ७ बैंकको घटेको छ । 

सीडी रेसियो 

राष्ट्रिय वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६४.३६ प्रतिशतमै आएको छ । भदौ मसान्तसम्म यस बैंकको सीडी रेसियो ६४.३६ प्रतिशतमा आएको हो । २० वाणिज्य बैंकहरुको औसतमा सीडी रेसियो ७८.९४ प्रतिशत छ । अरु ९ बैंकको सीडी रेसियो ८० प्रतिशतभन्दा कम छ । १० बैंकको सीडी रेसियो भने ८० प्रतिशतभन्दा माथि छ । प्राइम कमर्सियल बैंकको सीडी रेसियो सबैभन्दा धेरै ८६.३७ प्रतिशत रहेको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार