Nepal Life

सर्वोत्तम सिमेन्टले साधारण सभा बोलाउँदै लाभांश प्रस्ताव पारित गर्ने तयारी

NMB Bank
  • BFIS News
  • 2025 Nov 19 10:22
सर्वोत्तम सिमेन्टले साधारण सभा बोलाउँदै लाभांश प्रस्ताव पारित गर्ने तयारी
National Life

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न सातौँ वार्षिक साधारण सभा बोलाएको छ।

Shikhar
NIMB

कम्पनीले मंसिर २६ गते, शुक्रबार, भैरहवास्थित होटल सिद्धार्थ भिलासामा साधारण सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ११ बजेपछि सुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र बोनस कर प्रयोजनार्थ १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका नियमित एजेन्डामा छलफल हुनेछ।

साधारण सभा र लाभांश वितरणका लागि कम्पनीले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। बुकक्लोजभन्दा अघि, अर्थात् मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीले साधारण सभामा सहभागी हुन र तोकिएको लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया