नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच भद्र सहमति ,के हटला ४ –१२ निति ?

  • BFIS News
  • 2022 Jun Sun 13:14
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच भद्र सहमति ,के हटला ४ –१२ निति   ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच भद्र सहमति भएको छ । उच्च स्तरीय स्रोतका अनुसार गभर्नर अधिकारी र अर्थमन्त्रीले विगतका तुषहरु बिर्सेर सौहार्दपूर्ण वातावरणमा काम गर्ने सहमति भएको हो । स्रोतका अनुसार दुईजनाको बीचमा केही दिन पहिले सहमति भएको हो, अब उहाँहरुका बीचमा खास समस्या छैन । निर्वाचनपछि विकास भएको नयाँ परिस्थिति र सरकारका सूचनाहरु अन्यत्र पुर्याउन नहुने रहेछ भन्ने कुरा गभर्नर अधिकारीले अनुभूति गरेपछि अर्थमन्त्री शर्मा र गभर्नर अधिकारी परिवर्तित अवस्थामा मुलुकको आर्थिक संकट अन्त्यका लागि मिलेर काम गर्ने सहमति भएको हो । यसअघि गभर्नर अधिकारीमाथि देशको वित्तिय अवस्था, सरकारको नीतिहरु पूर्व प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पुर्याउने गरेको आरोप लाग्दै आएको थियो ।

स्रोतका अनुसार गभर्नर अधिकारी सरकारलाई सहयोग गर्न इमान्दारपूर्वक तयार भएपछि अर्थमन्त्री शर्माले काम चलाउ सहकार्य गरेका हुन् । आगामी दिनमा गभर्नरले अपनाउने कार्यशैलीमा भर पर्ने स्रोतको दावी छ ।

सर्वोच्च अदालतबाट पुनर्बहाली भएपनि मुद्दा अझै बाँकी नै छ । सरकारले छानविन समिति गठन गरेपछि स्वतः निलम्वनमा परेका गभर्नर अधिकारी सर्वोच्च अदालतबाट पुनर्बहाली भई काम गर्दै आएका छन् । पछिल्लो समय गभर्नर अधिकारी र अर्थमन्त्री शर्माबीचमा तिक्तता बढेका कारण आर्थिक संकट नियमनमा समस्या उत्पन्न भएको थियो

यस सहमति सगै  आगामी आ. व. २०७९/८० को मौदिक नितिमा ४–१२ को व्यवस्था  हटने अपेक्षा गरिएको छ । यसका  साथै आउने मौदिक नितिले शेयरवजार अनुकुल हुने  अनुमान गरिएको  छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार