NIMB Header 2
Nepal Life

कोसी प्रदेशका ४२ हिमताल उच्च जोखिममा, इसिमोडको प्रतिवेदनले चेतावनी

National Life
  • BFIS News
  • 2025 Nov 21 15:57
कोसी प्रदेशका ४२ हिमताल उच्च जोखिममा, इसिमोडको प्रतिवेदनले चेतावनी
Sanima Reliance

सङ्खुवासभा । अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कोसी प्रदेशमा रहेका ४२ वटा हिमताल उच्च जोखिमयुक्त अवस्थामा रहेको तथ्याङ्क सार्वजनिक गरेको छ।

Shikhar
NIMB

‘नेपालका हिमनदी तथा हिमतालमा भइरहेको तीव्र परिवर्तनले उत्पन्न जोखिम’ विषयक अन्तरक्रियामा इसिमोडका विज्ञ शरदप्रसाद जोशीले सन् २०२० को प्रतिवेदनमार्फत सो तथ्य प्रस्तुत गरेका हुन्।

जोशीका अनुसार नेपालमा रहेका २ हजार ६९ हिमतालमध्ये कोसी प्रदेशमा मात्रै ४२ वटा अत्यन्त जोखिमयुक्त सूचीमा परेका छन्। हिमताल फुट्ने खतरा बढेसँगै ठूलो जनधन क्षति तथा भौतिक संरचनामा विनाश हुनसक्ने उल्लेख गर्दै उनले उच्च सतर्कता र पूर्वतयारी आवश्यक रहेको बताए।

सङ्खुवासभामा भोटखोला र मकालु क्षेत्रका चार हिमताल उच्च जोखिम समूहमा परेका छन्। तीमध्ये तल्लो वरूण क्षेत्रमा अवस्थित ‘ठूलोपोखरी हिमताल’ सबैभन्दा जोखिमयुक्त मानिएको जोशीले जानकारी दिए। करिब ३ किलोमिटर लम्बाइ र २०६ मिटरको अनुमानित गहिराइ भएको सो हिमताल वरिपरि १५–२५ मिटर गहिराइका संरचनाहरू पनि रहेको उनले बताए।

जोखिम न्यूनीकरणका लागि जल तथा मौसम विज्ञान विभाग र युएनडिपी नेपालको सहकार्यमा चारवटा हिमतालमा विशेष योजना कार्यान्वयन भइरहेको छ। तल्लो वरूणको ‘ठूलोपोखरी हिमताल’ पनि सो योजनामा समावेश गरिएको जोशीले स्पष्ट पारे। हिमताल फुट्ने अवस्था आए अरुण उपत्यकाका धेरै बस्ती र भौतिक संरचना प्रत्यक्ष जोखिममा पर्ने चेतावनी पनि उनले दिए।

तिब्बतबाट बगेर आउने १३ हिमताल समेत उत्तर भेगका बस्तीहरूका लागि सम्भावित खतरा भएको प्रस्तुतिमा उल्लेख गरिएको छ। कार्यक्रममा इसिमोडकी नीरा श्रेष्ठ प्रधानले विपद्को अवस्थामा महिला, बालबालिका तथा असक्त व्यक्ति सबैभन्दा बढी प्रभावित हुने भएकाले लक्षित चेतना अभिवृद्धि तथा क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइन्।

जिल्ला समन्वय समिति सङ्खुवासभाका प्रमुख सुमन शाक्यले जोखिमयुक्त हिमतालको दीगो व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न आवश्यक रहेको औंल्याए। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियालगायत सरोकारवालाको उपस्थिति रहेको कार्यक्रममा हिमताल व्यवस्थापन, जोखिम न्यूनीकरण तथा स्थानीय तयारीबारे विस्तृत छलफल गरिएको थियो।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया