Nepal Life

लाभांश वितरण गर्दै कामना सेवा विकास बैंक, बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Sep 24 10:00
लाभांश वितरण गर्दै कामना सेवा विकास बैंक, बोलायो साधारण सभा
National Life

काठमाडौं। कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ। लाभांश  वितरणको प्रस्ताव पारित गर्न साधारण सभा पनि बोलाएको छ।

बैंकले असोज ३० गते लिसारा रिसेप्शन काठमाडौंमा बिहान १० बजे १८ औं वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस सेयर र सो को कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Shikhar
NIMB

त्यस्तै, सभाले प्रतिकित्ता १०० रुपैयाँका दरले ३५ करोड रुपैयाँ बराबरको वार्षिक ९ प्रतिशत लाभांश दर कायम हुनेगरी अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गरी प्राथमिक पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १५ गते बुकक्लोज गर्ने भएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया