Nepal Life

शेयर बजारमा जस्तो सुधार त्यस्तै गिरावट, बढ्दा उस्काउनेहरु घट्दा कता हराए ?

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Tue 15:05
शेयर बजारमा जस्तो सुधार त्यस्तै गिरावट, बढ्दा उस्काउनेहरु घट्दा कता हराए ?
Sanima Reliance

काठमाडौं । नयाँ सरकार गठन सँगै लगातार सुधारिएको शेयर बजार विगत एक महिनादेखि लगातार गिरावटकै चरणमा छ । बढ्दा अनेकौ सुधार दिने लगानीकर्ताहरु बजार घट्न थाले सँगै गुमनाम छन् । टिकटकमा लाइभ बसेर यो शेयर किन्ने यो शेयर बिक्री गर्नु भनेर उस्काने दिपेन्द्र अग्रवाल अहिले चुपचाप छन् । 

NIMB

ब्रोकर सँगको कारोबार मिलाउन नसकेर उनि विवादमा तानिएका छन् । उनि जुन संस्था सँग कारोबार गर्छन् ति संस्थामा विवाद नभएको रेकर्ड छैन । कुनै समयमा अग्रवाल आफु सञ्चालक भएको पब्लिक लिमिटेड कम्पनीको शेयर कारोबार समेत आफै गर्थे । चरम विवाद पछि उनले सञ्चालक पदबाट हात धुनु परेको थियो । 

शेयर बजारमा उनि जस्ता सयौ लगानीकर्ता छन् जसले आफ्नो कम्पनीको मूल्य बढाउन अनेकौ प्रचार प्रसार गर्छन् । सुरुमा सक्दो शेयर किन्ने अनि सामाजिक सञ्जाल मार्फत यो किन्नु त्यो किन्नु भन्दै म्यानुपुलेट गर्ने काम भइरहेको छ । 

विष्णु पौडेल अर्थमन्त्री भएको भन्दै पुरानो रेकर्ड ब्रेक गर्ने हल्ला चलाइयो । हल्लै हल्लामा शेयर बजार तीन हजार पुर्याइयो । यस अवधिमा दैनिक ३० अर्ब भन्दा माथिको कारोबार पनि भयो । तर अहिले मुस्किलले ५/६ अर्बको कारोबार हुन्छ । ठुला लगानीकर्ता लगभग बजारबाट बाहिरिएको अवस्था छ । उनिहरु सकारात्मक राजनीतिक घटनाक्रम कुरेर बसिरहेका छन् । 

विद्यमान सरकारलाई सार्वजनिक कार्यक्रममै चर्को विरोध आउन थालेको छ । रवि लामिछाने तथा दुर्गा प्रसाइ जस्ता व्यक्तिलाई सरकारले नियन्त्रण गर्न खोज्दा सर्वसाधारण समुहबाट चर्को विरोधका श्वर आउन थालिसकेको छ । यस्तै यस्तै घटनाक्रमले आगामी दिन खासै राम्रो नहुने विश्लेषण सँगै शेयर बजारमा नराम्रो असर परिरहेको छ । 

केहि समय अगाडीसम्म सरकार परिवर्तनको हल्ला चलाइयो । तर यो हल्लाले मात्रै शेयर बजार घटेको होइन भन्ने कुरा प्रमाणित भइसकेको छ । हल्लामा केहि लगानीकर्ताले राम्रो फाइदा पनि लिन भ्याए । 

मंगलबार नेप्से सूचक ५८.९३ अंकले घटेको छ । नेप्से सूचक घटेर २४७० अंकमा झरेको छ । कारोबार रकम भने ५ अर्ब ६८ करोडको भएको छ । २३३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया