Nepal Life

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त, १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Aug Mon 20:39
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त,  १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्ने
Sanima Reliance

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार साँझ नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्‍वम्भरप्रसाद श्रेष्‍ठलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले सोमबार नै अनुमोदन गरेको थियो ।

NIMB

१८ साउनमा बसेको संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । अब उनी २०८१ असोज २० गतेसम्म प्रधानन्यायाधीश रहनेछन् । श्रेष्ठ २०८१ साल असोज २० गतेसम्म नेपालको प्रधानन्यायाधीश पदमा रहनेछन् । उनको जन्ममिति २०१६ असोज २० गते रहेको छ । प्रधानन्यायाधीशको उमेर हद ६५ वर्ष रहेको छ । 

श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।

त्यसको ६ वर्षमै जिल्ला न्यायाधीश भएका उनी ०६२ मा तत्कालीन पुनरावेदन अदालत बाग्लुङको न्यायाधीश भए । ०७० मा पुनरावेदन अदालत पोखराको कायममुकाम मुख्य न्यायाधीश भएका उनी ०७१ मा पुनरावेदन अदालत हेटौंडाको मुख्य न्यायाधीश भएको करिब दुई वर्षपछि ०७३ साउन १७ मा सर्वोच्च अदालतमा नियुक्त भएका हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया