Nepal Life

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्सालद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 17:30
नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष लम्सालद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
National Life

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष अमृत लम्साललाई आज पद तथा गोपनीयताको शपथ गराएकी छिन्। कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहबीच अध्यक्ष पौडेलले लम्साललाई शपथ गराएकी हुन्।

Shikhar
NIMB

नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहनुभएका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लगायत अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

नवनियुक्त अध्यक्ष लम्सालले आफ्नो कार्यकालमा पुनर्बीमा क्षेत्रको सुदृढीकरण, संस्थागत सुशासन र बीमा क्षेत्रको विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया