Nepal Life

उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष फेरियो, वस्तु डालोमा १३५ थपिए १०६ बाहिरिए

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Wed 17:44
उपभोक्ता मूल्य सूचकांक गणनाको आधार वर्ष फेरियो, वस्तु डालोमा १३५ थपिए १०६ बाहिरिए
Sanima Reliance

काठमाडौँ । नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकांक गणना विधिको आधार वर्ष परिवर्तन गरेको छ । अब आर्थिक वर्ष २०८०/८१ लाई आधार वर्ष मानेर मूल्य सूचकांक गणना गर्नेछ । यसअघि आर्थिक वर्ष २०७०/७१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गर्दै आएको थियो ।

NIMB

आधारवर्ष परिमाजनसँगै राष्ट्र बैंकले यसअघि गणना गर्दै आएको वस्तु डालो (गुड वास्केट) मा रहेका वस्तुहरु पनि हेरफेर गरिएको छ । वस्तुको उपभोग प्रवृतिका आधारमा वस्तु डालो परिमार्जन गरिएको हो ।

जसअनुसार डालोमा नयाा १ सय ३५ वस्तु थपिएका छन् भने वस्तु १ सय ६ वस्तु बाहिरिएका छन् । यसका आधारमा अब वस्तु डालोमा कुन ५ सय २५ वस्तु पुगेका छन् । यसअघि डालोमा रहेका वस्तु ४ सय ९६ वटा थिए । यस्तै कतिपय वस्तुको समूह समेत परिवर्तन गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणका आधारमा राष्ट्र बैंकले तयार पारेको मूल्य, भार र सूत्र तथा त्रिभुवन विश्वविद्यालयअन्तर्गतको तथ्यांक विभागको सहयोगमा उक्त नयाा मूल्य सूचकांक तयार पारेको बुधबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।

आधार वर्ष र वस्तु डालो परिवर्तन पछिको नयाा मूल्य सूचकांकले नेपालको मुद्रास्फीति थप अनुमानयोग्य हुने र अनुसन्धानकर्ता तथा यसको प्रयोगकर्ताका लागि उपयोगी हुने दाबी राष्ट्र बैंकको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया