Nepal Life

मध्य भोटेकोशी जलविद्युतको लक-इन अवधि कात्तिक ११ गते समाप्त हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Thu 08:18
मध्य भोटेकोशी जलविद्युतको लक-इन अवधि कात्तिक ११ गते समाप्त हुने
Sanima Reliance

काठमाडौं। मध्य भोटेकोशी जलविद्युतको लक-इन अवधि आगामी कात्तिक ११ गते समाप्त हुने भएको छ । कम्पनीको ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लक इन अवधि कात्तिक ११ गते समाप्त हुन लागेको हो।

NIMB

कम्पनीको ३ करोड ६ लाख कित्ता संस्थापक सेयर, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीहरुको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरुको ६ लाख कित्ता, आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाहरुको ६० लाख कित्ता र कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको ३ लाख ६० हजार कित्ता गरी कुल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लक इन अवधि सकिने भएको हो ।

कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर २०७८ कात्तिक १२ गते बाँडफाँट गरेको थियो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया