साविक सिभिल बैंककको क्युआर कोड आजदेखि नचल्ने, इन्ट्रिगेटेट क्युआर लिनु पर्ने

  • BFIS News
  • 2023 Aug Tue 07:17
साविक सिभिल बैंककको क्युआर कोड आजदेखि नचल्ने, इन्ट्रिगेटेट क्युआर लिनु पर्ने

काठमाडौं । साविक सिभिल बैंकले सञ्चालनमा ल्याएका क्युआर कोड आजदेखि नलग्ने भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्नु अगाडी साविक सिभिल बैंकबाट जारी फोनपे क्युआर मार्फत भुक्तानी लिदै आएका मर्चेन्ट प्रयोगकर्ता व्यवसायीहरुको सेवा आजबाट अबरुद्ध हुने बैंकले जनाएको छ ।

बैंकबाट जारी गरिएको इन्ट्रिगेटेट क्युआर लिन बाँकी रहेका मर्चेन्ट प्रयोगकर्ता व्यवसायीहरुलाई बैंकको नजिककको शाखामा सम्पर्क गरी बैंकको इन्ट्रेगेटेड क्युआर लिई सेवा सुचारु गर्न बैंकले अनुरोध गरेको छ । हिमालयन बैंकबाट प्रदान गरिने इन्ट्रिगेटेड क्युआर मार्फत मर्चेन्टहरुले कुनै पनि मोबाइल बैंकिङ एप वा वालेटबाट सहज भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकको इन्ट्रिगेटेड क्युआरमा नेपाल पे क्युआर, स्मार्ट क्युआर, युनियनपे क्युआर, अलिपे क्युआर तथा भिजा क्युआर मार्फत कारोबार गर्न सकिनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया