Nepal Life

राष्ट्र बैंकले आजदेखि सुरु गर्यो दशैका लागि नयाँ नोटको वितरण, सुरुमा उपत्यका बाहिर

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 14:32
राष्ट्र बैंकले आजदेखि सुरु गर्यो दशैका लागि नयाँ नोटको वितरण, सुरुमा उपत्यका बाहिर
Shikhar detail

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८१ सालको बडा दशैमा माग हुने साना दरका नोट सटहिको काम सुरु गरेको छ । राष्ट्र बैंकले पहिलो चरणमा आजदेखि उपत्यका बाहिर प्रादेशिक स्तरमा विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही गर्नेछ । 

NIMB

साथै, इजाजतपत्र बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । आफ्नो खाता रहेको बैंकको शाखा कार्यालय तथा नजिकको कुनै पनि शाखाक कार्यालयबाट नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले हरेक वर्ष दशैको उपलक्ष्यमा नयाँ नोट साट्ने व्यवस्था मिलाउने गरेको छ । यस पटक भने दशैलाई मात्रै लक्षित गरेर नयाँ नोट छापिएको छैन । राष्ट्र बैंकले बैंकहरुलाई सुकिला नोटलाई नै प्रचलनमा ल्याएको छ । 

दशैमा टिका सँगै नयाँ नोट दक्षिणाका रुपमा दिने प्रचलन छ । यस अवधिमा नयाँ नोटको अत्याधिक मात्रामा माग हुने गरेको छ । नोटको छपाइमा ठुलो रकम खर्च हुने भएकाले राष्ट्र बैंकले दक्षिणालाई पनि अनलाइनबाटै आदान प्रदान गर्न अनुरोध गर्दै आइरहेको छ ।   

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया