Nepal Life

बाढी पहिरोले अधिकाम्स जलविद्युत आयोजनामा क्षति पुर्याउदा शेयर मूल्यमा गिरावट, नेप्से सूचक २५ अंकले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Sep Sun 15:06
बाढी पहिरोले  अधिकाम्स जलविद्युत आयोजनामा क्षति पुर्याउदा शेयर मूल्यमा गिरावट, नेप्से सूचक २५ अंकले घट्यो
Sanima Reliance

काठमाडौं । अविरल वर्ष पछि आएको बाढी पहिरोका कारण अधिकाम्स जलविद्युत आयोजनामा क्षति पुर्याउदा आज हाइड्रोपावर कम्पनीहरुको शेयर मूल्यमा पनि ठुलो गिरावट आएको छ । आज हाइड्रोपावरको सूचक 

NIMB

बाढि पहिरो जस्तो प्राकृतिक प्रकोपका कारण ठुलो जन धनको क्षति भएको छ । यसले समग्र अर्थतन्त्रमा पनि ठुलो असर पुर्याउने आकलन गरिएको छ । भित्र्याउने बेलाको धान तथा मकै बाली नष्ट भएको छ । खोला किनारा तथा पहाडका घरहरुमा ठुलो क्षति पुगेको छ । 

यसले अर्बौ रुपैयाँको क्षति पुर्याएको प्रारम्भिक अनुमान गरिएको छ । कयौ राजमार्गहरु बन्द अवस्थाका छन् । सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुलीका राजमार्गहरुमा ठुलो क्षति पुर्याएको हुँदा अझै कयौ दिन राजमार्ग अवरुद्ध हुने अनुमान गरिएको छ । यसले समग्र अर्थतन्त्रमै ठुलो असर पुर्याउने निश्चित छ । यसले पनि शेयर बजारमा गिरावट आएको हो । 

आज नेप्से सूचक २२.३६ अंकले गिरावट आएको छ । सूचक घट्दा कारोबार रकम ४ अर्ब ५ करोडमै सिमित भएको छ । ४६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

शेयर बजार २४६४ अंकमा झरेको छ । विगत एक डेढ महिनाको अवधिमा नेप्से सूचक ३ हजारबाट २४६४ अंकमा झरेको छ । दैनिक ३० अर्बको कारोबार हुने गरेकोमा अहिले ४/५ अर्बमा सिमित हुँदै गएको छ । शेयर बजार लगभगत हजारकै विन्दुको अवस्थामा आइपुगेको छ । जतिवेला यहि रेञ्जमा कारोबार हुन्थ्यो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार